गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए०साउदी अरबमा रविना अर्यालको अध्तक्षतामा सबै कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । यो बिजयसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी छन ।

वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राज कुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी निर्वाचित भएका छन भने महासचिवमा शुक्र तामाङ निर्विरोध निर्वाचित भएका छन । यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह९कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर बिजयी भएका छन ।

सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले बिजयी भएको निर्वाचन समितिले जानकारी गराएको छ ।

यस्तै आईसिसि सदस्यहरुमा राम बहादुर क्षेत्रि, दिपक रेग्मी र बिशाल कुमार श्रेष्ठ निर्विरोध भएका छन ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको ९ औ महाधिवेशन शुक्रबार २८ जुलाईका दिन सम्पन्न भएको छ । उक्त कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा साउदीमा रहेका सबै नेपालीहरुलाई धन्यवाद ब्यक्त गरिन । अर्यालले साऊदीमा रहेका सबै संघ सँस्थासँग सहकार्य गर्दै नेपालीहरुको हकहितमा काम गर्ने बताईन ।

उक्त अधिवेसनमा उपस्थित साउदीका महामहिम राजदुत नवराज सुवेदी,एनआरएनए आईसिसि उपाध्यक्ष नरेन्द्र भाट,महिला उपाध्यक्ष यास्मीन बेगम सैयद,एनआरएनए अभियन्ता राजु सैयद,एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याललगाएतले निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै सफल कार्यकालको सुभकामना ब्यक्त गरे ।