गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) कतारमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ ।
एनआरएनए कतारको दशौ महाधिवेशनबाट चयन हुने सन् २०२३–२०२५ कार्यकालको नयाँ कार्यसमितिका लागि विहिबार विहानबाट मतदान सुरु भएको हो ।
अनलाइन भोटिङ (भेरो भोटिङ कम्पनी) मार्फत हुन लागेको निर्वाचन कार्यक्रम अन्तर्गत २७ जुलाई नेपाली समय बिहान ९ः०० देखि सुरु भएको मतदान २८ जुलाई बेलुका १२ः०० बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ ।
पहिलो पटक अनलाइनबाट एनआरएनएको निर्वाचनमा मतदान गर्न पाउँदा कतारमा रहेका नेपाली फरक अनुभुति गरेको बताएका छन् ।
एनआरएनए कतारको आगामी नेतृत्वका लागि अध्यक्षका लागि रमेश भट्ट र पदमराज गिरी प्रतिष्पर्धामा रहेका छन । सहमतिको प्रयत्न सफल नभएपछि सबै पदका लागि निर्वाचन हुन लागेको हो । अध्यक्षका उम्मेदवार भट्टलाई कतारमा क्रियाशिल अधिकांश राजनैतिक दल तथा अन्य संघसंस्थाको समर्थन रहेको छ भने दुई कार्यकाल महासचिव भएका गिरीलाई समाजवादी पार्टीको समर्थन रहेको छ ।
यस्तै ६ जना आइसीसी सदस्यका लागि ९ जनाको उम्मेदवारी परेकाले यसमा पनि चर्को प्रतिष्पर्धा हुने देखिएको छ ।
एनआरएनए कतारको निर्वाचन आइसीसी निर्वाचनमा समेत अर्थ राख्ने हुँदा निकै महत्वका साथ हेरिएको छ ।
एनआरएनए कतारको अध्यक्षमा ७ जनासहित ९१ जनाको उम्मेदवारी दर्ता








