गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्ष पदमा डा.अर्जुन बन्जाडे बिजयी भएका छन् । निर्वाचन समितिले जुलाई २३ का दिन दिउसो अमेरिकी समय अनुसार २ बजे निर्वाचन परिणाम आएको भएता पनि औपचारिकरुपमा सोमबार मात्र नतिजा प्रकाशित गरेको छ ।

अनलाइन भोटिङ भएको अमेरिकामा निर्वाचन समितिले नतिजा घोषणा गर्नुभन्दा पहिला नै सार्वजनिक भएपछि विवाद आएको थियो । अष्ट्रेलियाको भोटिङ कम्पनी मार्फत अनलाइन मतदान भएपछि निर्वाचन समितिले नतिजा ननिकाल्दै बाहिर आएपछि आशंका पैदा भएको छ ।

“निर्वाचन समितिले आधिकारिक रुपमा सार्वजनिक गर्नु अगाडि संघका पदाधिकारीहरुबाट नतिजा चुहिन गएको आशंका भएको र यसले पारेको असुविधाप्रति संघ क्षमाप्रार्थी छ’ संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विज्ञप्ती नै निकालेका छन् । ‘भविश्यमा यस्तो त्रुटी नदोहोरिनका लागि ‘नतिजा सार्वजनिक गर्ने एक स्पष्ट कार्यविधि’ बनाउने प्रतिवद्धता गर्दछौं । निर्वाचनलाई स्वच्छ, पारदर्शी र निष्पक्ष गर्न अहोरात्र खटेको निर्वाचिन समितिको विश्वसनीयताप्रति कुनै प्रश्न नउठाउन र नकारात्मक टिकाटिप्पणी नगर्न समेत सबै जनालाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ अध्यक्षका दाबेदार रहेता पनि उनले बन्जाडेलाई सशक्त सहयोग गरेका थिए । बन्जाडे अघिल्लो निर्वाचनमा पराजित भएका थिए भने एक पटक पराजित भएर दोश्रो पटक पुन अध्यक्ष पदमा उम्मेदवार हुने उनि एक मात्र उम्मेदवार हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा अध्यक्षका प्रत्यासी बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरेका थिए भने अर्का प्रत्याशी डिलु पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा विकाश उप्रेति ,र राष्ट्रिय उपाध्यहरुमा भानु खरेल,प्रेम तामाङ,ज्ञानेन्द्र गुरुङ तथा नेत्र पाण्डे निर्वाचित भएका छन्। राष्ट्रिय महिला उपाध्यक्ष पदमा भने सुनिता सापकोटा कंडेल बिजयी भएकी छिन् ।

युवा उपाध्यक्ष पदमा अनुप खनाल विजयी भएका छन् भने महासचिव पदमा रामहरि अधिकारी बिजयी भएका छन् । सचिव पदमा दिपक सापकोटा तथा राष्ट्रिय महिला सचिव पदमा शान्ति पौड्याल बिजयी भएकी छिन ।

कोषाध्यक्ष पदमा सरोज सिग्देल ,सह कोषाध्यक्ष पदमा दिवाकर पाण्डे बिजयी भएका छन् । राष्ट्रिय युवा संयोजकमा तेज पौडेल र राष्ट्रिय महिला संयोजक पदममा सुनिता खत्री बिजयी भएका छन् ।

संचालक समिति सदस्यहरु अर्थात् बोर्ड अफ डाइरेक्टर खुला पदका र गंगाधर आचार्य,बिष्णु बराल,निमा शेर्पा,बासुदेव भट्ट,लक्ष्मण दर्लामी, मोहन कुसारी ,र नवराज न्यौपाने बिजयी भएका छन् ।

महिला संचालक समिति सदस्यहरुमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार निर्वाचनमा कूल १३ हजार ६ सय ९१ मतदाता मध्ये ११ हजार २ सय ६७ मतदाताले मतदान गरेका थिए। ८२।३ प्रतिशत मत खसको निर्वाचन आयोगले जनाएको छ ।

https://www.nrnusa.org/media/documents/Declaration_of_Result_-_NRNA_NCC_USA_ELECTIONS_2023.pdf?ref=qrcode&fbclid=IwAR0rnOsaXxNU0ok1bPam-S0IKiNHb-CKxH82anDtvhosTVRyu56GMq2b878