एनआरएनएलाई एकसुत्रमा बाँध्न सवैले सकारात्मक भूमिका खेल्नुपर्छ : सचिव, गुरुङ

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)की महिला सचिव राधिका गुरुङ (टीका)ले विगतका तिक्ततालाई बिर्सिएर संघलाई एकसुत्रमा बाँध्न सवैले सकारात्मक भूमिका खेल्नुपर्ने बताएकी छिन ।

एनआरएनए हङकङको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै सचिव गुरुङले अहिले संघ विवादमुक्त भइसकेको दावी गर्दै अक्टोबरमा हुने आइसीसीको महाधिवेशन एकताको महाधिवेशन हुने बताइन ।

‘अहिले आइसीसीमा कुनै विवाद छैन, कुनै समस्या रहेको नसोंच्नु होला,’ उनले भनिन्, ‘असन्तुष्ट पक्षसँग पनि वार्ता भइरहेको छ। सहमतिको अन्तिम बिन्दुमा आइपुगेका छौँ।’

एनआरएनए लाखौं प्रवासी नेपालीको साझा संस्था रहेको बताउँदै उनले भनिन्, ‘८० लाख नेपालीलाई दुःखका बेला साथ दिने एकमात्र संस्था हो। देशलाई आपत पर्दा हातेमालो गर्ने संस्था पनि यही एनआरएनए हो।’

आइतबार सम्पन्न महाधिवेशनले गोकर्ण ढकाललाई अध्यक्षमा निरन्तरता दिँदै सिंगो कार्यसमिति निर्विरोध चयन गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *