एनआरएनए थाईल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः भविन्द्र वस्नेत

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) थाईल्याण्डमा भविन्द्र वस्नेतको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । वस्नेत वर्तमान कार्यसमितिमा पनि अध्यक्षकै जिम्मेवारीमा रहेका थिए ।

निर्वाचनका लागि भएको मनोनयन दर्तामा अध्यक्षलगायत सबै पदमा निर्धारित संख्यामा मात्र उम्मेदवारी परेपछि सन् २०२३–०२५ कार्यकालका लागि निर्विरोध कार्यसमिति चयन भएको हो ।

जसअनुसार कार्यसमितिको उपाध्यक्षमा आतिश कृष्ण श्रेष्ठ, दानराज अधिकारी,राम गौतम र सरोज खनाल, महासचिवमा निरज वैद्य, सचिवमा राज बहादुर साउँद र अमित सिंह दाहाल, युवा संयोजकमा भूषण सिंह नेपाली श्रेष्ठ, महिला संयोजकमा सञ्जना तिम्सिना निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी सदस्यहरुमा अतित कोइराला,पवन तुलाधर, सरसिङ गुरुङ, राजु बलामी, सोमफोप सुवेदी, हेमलाल खनाल तथा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

आईतवार सम्पन्न महाधिवेसनमा नेपाली राजदुतावासका प्रथम सचिव खगराज पाण्डे, एशिया प्याशिफिक संयोजक पारसमणी पोखरेल,थाई नेपाली संघका पदाधिकारीहरुले बस्नेतको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *