एनआरएनए कम्बोडियामा सर्वसम्मतले कार्यसमिति चयन, अध्यक्षमा पुनः खड्का

news-details

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कम्बोडियाले लाल सिंह खड्काको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । खड्का वर्तमान कार्यसमितिमा पनि अध्यक्षकै जिम्मेवारीमा रहेका छन ।

अध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेपछि सन् २०२३–२५ कार्यकालका लागि सर्वसम्मतले नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रदिप शर्माले बताए ।

यस्तै बरिष्ठ उपाध्यक्षमा ज्ञान बहादुर राना, उपाध्यक्षमा शिवराज पराजुली, महिला उपाध्यक्षमा रजनि थापा मगर, महासचिवमा प्रितम अधिकारी, सचिवमा ओलिन ठाकुर, कोषाध्यक्षमा नविन कुमार बिक, सहकोषाध्यक्षमा ईश्वर बहादुर क्षेत्रि, प्रवक्तामा राजन कुवर काजी, युवा संयोजकमा रुद्र तामाङ निर्विरोध भएका छन ।

यस्तै क्षेत्रीय संयोजकमा खड्क विक्रम थापा, प्रदिप गदाल, धिरेन्द हमाल, विकाश अधिकारी, प्रकाश रिमाल र रामजी क्षेत्री निर्विरोध भएका छन ।

नवनिर्वाचित अध्यक्ष खड्काले आफुलाई सर्वसम्मत निर्वाचित गराएकोमा कम्बोडियावासी नेपालीलाई धन्यवाद ब्यक्त गर्दै आगामी कार्यकालमा आईसीसीसँग सहकार्य गर्दै समस्त कम्बोडियामा रहेका नेपालीहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *