एनआरएनए बहराइनमा राजु श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिती चयन

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) बहराइनको नवौं अधिवेशनले राजु कुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।

संघको निर्वाचन कमिटिले जारी गरेको सुचना अनुसार शनिवार सम्पन्न उम्मेदवारी दर्ताको समयावधीमा सबै पदमा निर्धारित संख्यामा मात्रै उम्मेदवारी परेपछि सन् २०२३–०२५ कार्यकालका लागि निर्विरोध कार्यसमिति चयन भएको हो ।

निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार आइसिसि सदस्यमा बिरेन्द्र बुढाथोकीको एकल उम्मेदवारी परेको छ भने एनआरएनए एनसीसी बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर भण्डारी, उपाध्यक्षमा भावना आचार्य पन्त र सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा शुसिला खत्री, महासचिवमा संगिता खत्री, सचिवमा भुवन बिमली, सहसचिवमा कृष्ण प्रसाद गैरे, कोषाध्यक्षमा दिपक कुमार कर्ण, सहकोषाध्यक्षमा वासुदेव प्याकुरेल, महिला संयोजकमा पवित्रा श्रेष्ठ, युवा संयोजकमा अमृत देवकोटा, पर्यटन संयोजकमा अच्युत राज तिम्सीना र खेलकुद तथा सांस्कृतिक संयोजकमा शिव बिकको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्यहरुमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण बिक, अनन्त अर्याल, विशाल खरेल, राम प्रसाद पुडासैनी, टेकमान बिक, गणेश बहादुर थापा तथा महिला सदस्यमा अमृता सामेखमले उम्मेदवारी दिएका छन ।

उम्मेदवारी दिनेहरु कुनै पनि पदमा नदोहोरिएकाले सबै निर्विरोध भएका हुन ।

एनआरएनए एनसीसी बहराइनले कमल श्रेष्ठको संयोजकत्वमा छबिलाल बिक, दुत बहादुर गुरुङ, जित बहादुर घर्ती र बिजय प्रकाश गिरी सदस्य रहेको निर्वाचन कमिटि बनाएर निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको थियो । कमिटिले निर्विरोध निर्वाचित कार्यसमितिको औपचारिक घोषणा गर्न भने बाकी छ ।

एनआरएनए एनसीसी बहराइनको अधिवेसन यही जुलाई २१ मा रामीरोज होटल बहराईनमा हुंदैछ । उक्त अधिवेशनका लागी सम्पुर्ण तयारी पुरा भएको एनआरएनए बहराइनले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *