एनआरएनए हङकङको अध्यक्षमा गोकर्ण ढकाल दोस्रो पटक निर्विरोध निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा गोकर्ण ढकाल दोस्रो पटक निर्विरोध निर्वाचित
भएका छन् ।

एनआरएनए हङकङको २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । एनआरएनए हङकङको सफलतापुर्वक नेतृत्व सम्हालेका ढकाल एनआरएनए एनसीसीमा निकै सक्रिय अध्यक्षकारुपमा चिनिन्छन् ।

अध्यक्षसहित अन्य सवै पदमा अन्य उम्मेदवारी नपरेछि सिंगो कार्यसमिति नै निर्विरोध चयन हुने भएको हो । यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन्।

महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन्। यस्तै सचिवमा मनोज सूर्यवशीं चुनिएका छन्। त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन्।

ईन्दर पुर्जा पुनलाई युवा संयोजकको जिम्मेवारी दिइएको छ भने महिला संयोजक कविता गुरुङलाई बनाइएको छ । यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन्।

एनआरएनए हङकङको महाअधिवेशन २३ जुलाइमा हुँदैछ । एनआरएनए आइसीसीमा महत्वपुर्ण भूमिका निभाउन सक्ने एनसीसी हङकङको महाधिबेशनलाई निकैै अर्थपुर्णरुपमा हेरिएको छ ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “एनआरएनए हङकङको अध्यक्षमा गोकर्ण ढकाल दोस्रो पटक निर्विरोध निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *