एनआरएनए मलेसियाले सर्वसम्मत नेतृत्व खोज्दै, ‘चुनाव नहुने वातावरण बनाउछौ’ : सचिव न्यौपाने

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मलेसियामा आगामी कार्यकालका लागि तिन जनाले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन । वर्तमान अध्यक्ष बिनोद थापा, उपाध्यक्ष राकेश महतो र सदस्य सन्तोस कार्कीले सन् २०२३–०२५ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका हुन ।

उम्मेदवारी दर्ताको लागि तोकिएको अन्तिम समयावधी जुलाई १५ सम्ममा अध्यक्ष पदका लागि थापा, महतो र कार्कीको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जानकारी दिएको छ । उम्मेदवारी दर्ताको समयावधि सकिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भैरहेको निर्वाचन संयोजक तथा एनआरएनए आइसीसीका सचिव खगेन्द्र न्यौपानेले जानकारी दिए ।

‘हामीले सुरुदेखि नै सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थियौ, इच्छुक साथीहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ, अव उहाँहरुसँग छलफल गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयास थाल्नेछौ’ सचिव न्यौपानेले भने –‘मलेसियामा यसअघि सधै निर्विरोध नेतृत्व चयन हुदै आएको छ, यसैले यसपटक पनि सबैलाई मिलाएर बैज्ञानिकपरक ढंगले सर्वसम्मत नेतृत्व चयनका लागि लागिपरेका छौ ।’

यस्तै वरिष्ठ उपाध्यक्षमा इन्द्र नारायण लिम्बु र रंजितकुमार क्षेत्रीको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा अरुण गिरी, दिल कुमार केरुङ, हेमराज सापकोटा, महिला उपाध्यक्षमा लिला मगर, युवा उपाध्यक्षमा नारायण अधिकारी, महासचिवमा कृष्णप्रसाद नेपाल, विमलकुमार राना र टेकबहादुर अधिकारी, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल, कोषाध्यक्षमा बलध्वज लिम्वु, युवा संयोजकमा राजु तामाङ, महिला संयोजकमा इन्दु वस्नेतले उम्मेदवारी दिएका छ्न ।

यस्तै महिला उपाध्यक्षमा लिला मगर, युवा उपाध्यक्षमा नारायण अधिकारी, सचिवमा श्याम बहादुर श्रेष्ठ र बिशुप्रसाद बराल, कोषाध्यक्षमा बलध्वज लिम्बु, युवा संयोजकमा राजु तामाङ, महिला संयोजकमा इन्दु बस्नेत निर्विरोध निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा विष्णु चौधरी, शेरबहादुर गुरुङ, राजु कुमार श्रेष्ठ , भेशराज ज्ञवाली , खेम राज खत्री , विजय मण्डल, उमेश कोहिरी महत्तो निर्विरोध निर्वाचित भएका छन् ।
एनआरएनए एनसीसी मलेसियाको अधिवेशन जुलाई ३० तारिख आईतवार होटल ग्रेण्ड कन्टिनेन्टलमा सुरु हुदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *