एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल निर्विरोध निर्वाचित, बरिष्ठ उपाध्यक्षमा मात्र जुटेन सहमति

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्विरोध निर्वाचित भएकी छिन । उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा रविना अर्यालको मात्र उम्मेदवारी दर्ता भएपनि उनी स्वतः निर्विरोध निर्वाचित भएकी हुन ।

जुलाई १५ सम्म तोकिएको उम्मेदवारी दर्ताको समयावधीमा बरिष्ठ उपाध्यक्षवाहेक सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा भने उमेश भट्टराई र विशाल कुमार श्रेष्ठको उम्मेदवारी परेको छ । सबै पदमा सहमति जुटेपनि बरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेकाले यसमा पनि सहमति जुटाउने प्रयास भएको निर्वाचन संयोजक तथा मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्याल जोनले जानकारी दिएका छन ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम सूचि अनुसार अध्यक्षमा रबिना अर्याल, उपाध्यक्षमा राज कुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर निर्विरोध भएका छन ।

सदस्यहरुमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दिपक ढुङ्गाना, अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्विरोध निर्वाचित भएका छन । यस्तै ३ जना आईसीसी सदस्यहरुमा राम बहादुर क्षेत्रि र दिपक रेग्मीको मात्र उम्मेदवारी परेको छ ।

बरिष्ठ उपाध्यक्षमा सहमति जुटन बाकी रहेकाले निर्विरोध निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको औपचारिक घोषणा गर्न भने बाकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *