एनआरएनए एनसीसी कतारको युवा उपाध्यक्षमा भारतीको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको युवा उपाध्यक्षमा डेग बहादुर भारती सुमनले उम्मेदवारी घोषणा गरेका छन् । संघको आगामी २०२३–०२५ कार्यकालका लागि भारतीले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

वर्तमान कार्यसमितिमा युवा संयोजकको भूमिका कुशलतापूर्वक निर्वाह गरिरहेका भारती सन् २००७ देखिनै एनआरएनए एनसीसी कतारको पार्षद सदस्य हुदै एनआरएन अभियानमा निरन्तर सक्रिय छन । कतारमा हुने विभिन्न सामाजिक कार्यमा अग्रपंक्तिमा देखिने भारती कतारको नेपाली समूदायमा जिम्मेवारी वहन गर्न क्षमतावान युवाकारुपमा चिनिन्छन ।

‘कतारमा रहनुभएका सम्पूर्ण नेपालीको हकअधिकारको संरक्षण र समस्या समाधानमा अझ दृढतापूर्वक लाग्ने संकल्पसहित आगामी कार्यकालका लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’ भारतीले भने । उनले कतारमा रहेका एनआरएन अभियान्ता, अग्रजहरु, विभिन्न संघसंस्था तथा नेपाली समूदायलाई एनआरएनए एनसीसी कतारको आगामी कार्यकालमा पनि अझ सशक्त ढंगमा काम गर्ने प्रतिज्ञा सफल बनाइदिन आग्रह पनि गरेका छन ।

‘यस अघि एनआरएनए एनसीसी कतारमा रहेर यहाँहरुकै साथ, सहयोग र समर्थनले विभिन्न जिम्मेवारीमा रहि सफलतापूर्वक कार्यसम्पादन गर्दै आईरहेको यहाँहरूलाई सर्वविदित्तै छ, आगामी कार्यकालका लागि पनि यहाँहरूकै सल्लाह, सुझाव र हौसलालाई शिरोधार्य गर्दै यूवा उपाघ्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु’ भारतीले भने ।

सन २००६ मा कतार प्रवेश गरेका भारतीले एनआरएन अभियानसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आएका छन् । मितेरी फिल्म्स साँस्कृतिक समुहको अध्यक्ष, अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्चको प्रथम उपाध्यक्ष तथा चितवन युवा समुह कतारको कार्यसमितिमा रहेर काम गरिसकेका छन । आल उनी चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको प्रवास साँस्कृतिक संयोजक समेत रहेका छन ।

साँस्कृतिक क्षेत्रमा विशेष लगाव भएका भारती आफु पनि कलाकार भएको कारण नेपालबाट सबैभन्दा बढि र चर्चित कलाकारहरुलाई प्रवासी भूमिमा लैजाने काममा पनि विगतदेखिनै सक्रिय भूमिकामा छन ।

‘एनआरएन अभियानसँगै विभिन्न सामाजिक संस्था तथा सामाजिक कार्यमार्फत नेपाली समूदायमाझ केहि गर्ने प्रयत्न गरिरहेको छु’ भारती भन्छन ‘प्रवासी भूमिमा नेपाली समूदाय तथा नेपाली कला–संस्कृतिको उत्थानप्रतिको मेरो लगावलाई थप अगाडि बढाउन यहाँहरुले एनआरएनए कतारको युवा उपाध्यक्षमा निर्बाचित गराउनुहुनेछ भन्नेमा ढुक्क छु ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *