एनआरएनए एनसीसीमा चुनावी रन्को, आइसीसीको ११ औं महाधिवेशनको लागि निर्वाचन समिति गठन

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को नयाँ नेतृत्व चयनका लागि विश्वभर चुनावी रन्को तातेको छ ।

यो महिना (जुलाई) भित्र एनसीसीले महाधिबेशन गरेर नेतृत्व चुनिसक्नु पर्ने आइसीसीको निर्देशन अनुसार हरेक एनसीसी अहिले महाधिबेशन तथा नयाँ नेतृत्व चयनमा जुटेका छन् । केही एनसीसीले नयाँ नेतृत्व चयन गरिसकेका छन भने अधिकांशले यो महिनाभित्रमा महाधिबेशन गरिसक्न मिति तोकेका छन् ।

एनसीसीको महाधिवेशन सम्पन्न भएपछि आइसीसीको महाधिवेशन हुने भएकाले पनि अहिले आइसीसी नेतृत्वमा जान चाहने सबैको चासो एनसीसी महाधिवेशनमा बढेको छ । आइसीसी नेतृत्वका आकांक्षीहरुले भित्रभित्रै तयारी थालिरहदा एनसीसीको महाधिवेशनमा पनि आफ्नो दौडधुप बढाइरहेका छन ।

अघिल्लो महाधिबेशनबाट दुई समूहमा विभाजन भएको एनआरएनए आइसीसीले अहिले एकताको सन्देशसहित महाधिबेशन गर्ने भएको छ । जसका कारण एनआरएनएको आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनलाई एकताको महाधिबेशन बनाउनका लागि सबैको सक्रियता पनि बढेको छ ।

ढुंगानाको संयोजकत्वमा निर्वाचन समिति गठन

एनआरएनएको आगामी अक्टोवर महिनामा हुने ११ औं एकताको महाधिबेशनको लागि निर्वाचन समिति गठन गरिएको छ ।

गैरआवासीय नेपाली संघको आइतवार राती बसेको अन्तर्राष्ट्रिय परिषदको बैठकले अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिमा विनोद कुँवर नेतृत्वको एनआरएनएका सदस्यहरुसहित समिति बनेको छ ।

निर्वाचन समितिको सदस्यमा टिबी कार्की (कतार), मन केसी (अष्ट्रेलिया), सोनाम लामा (अमेरिका), भूषण घिमिरे (जापान), चिरन्जीबी ढकाल (बेलायत) र प्रकाश धमला (कोरिया) रहेका छन । संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन समिती गठन गरिएको हो ।

एनआरएनएको उक्त बैठकले संघको विधान अनुरुप उक्त निर्वाचनको अनुगमन गर्नको लागि उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा उच्चस्तरिय अनुगमन समिति पनि गठन गरेको छ । सो समितिको सदस्यहरुमा होमनाथ शर्मा, डम्मर घले, शंकर खड्का, सुरेन्द्र श्रेष्ठ, कमलमणी गुरागाई, अर्जुन श्रेष्ठ, नारायण थापा र राजन त्रिपाठी रहेका छन । अनुगमन समितिमा सदस्यहरु पछि थप गरिने संयोजक आचार्यले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *