गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संघको बालुवाटारस्थित सचिवालयमा आइतबार (९ जुलाई २०२३) आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिए । दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकार केन्द्र, प्रदेश सरकार र स्थानीय निकायहरुसँग समेत समन्वय गरी आवश्यक कार्यहरु अघि बढाउने केसीले बताए ।

नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि सीपमुलुक कार्यक्रम सञ्चालन गर्दैछौ : एनआरएनए उपमहासचिव गणेश केसी

कार्यक्रममा सहभागी संघका अध्यक्ष कुल आचार्यले अन्तर्राष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष जनशक्तिको माग सम्बोधन गर्न र नेपालबाट जाने कामका लागि विभिन्न देशमा जाने नेपालीले सीपको अभावमै दुख पाउनुपर्ने अवस्था अन्त्यका लागि पनि कमिटीले सुरु गर्न लागेको कार्यक्रम उपयोगी र महत्वपूर्ण हुने उल्लेख गरे । उनले भने ‘श्रम तथा अध्ययनका निम्ति एवं विभिन्न पेशाका लागि भारत, मध्यपूर्व र मलेसिया, अष्टे«लिया, युरोप, क्यानाडा तथा अमेरिका लगायतका देशलाई थुप्रै नेपालीहरुले आफनो गन्तव्य बनाएका छन्, त्यहाँ अदक्ष,र सीप बिनै जाँदा धेरै समस्या भोग्नुपर्छ, यसर्थ पनि सीपमुलुक र दक्षता अभिवृद्धिका लागि सुरु गर्न लागिएको यो कार्यक्रम निकै महत्वपूर्ण छ ।’

नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि सीपमुलुक कार्यक्रम सञ्चालन गर्दैछौ : एनआरएनए उपमहासचिव गणेश केसी

कमिटीले श्रम, अध्ययन, पेशा वा वृत्ति–विकास जुनसुकै उद्देश्यले विदेश जान लागेका नेपाली युवायुवतीहरुलाई उनीहरुको गन्तव्य देशको सामान्य भूगोल, हावापानी, रहनसहन, जीवनयापनको तौर तरिका सामान्य नियम कानून, आप्रवासीको अवस्था, नरम सीप आदिबारे अभिमुखिकरण गराउने जनाएको छ । यस्तै, कुकरी बेकरी, बारिस्टा, फ्रन्ट अफिस, बार टेण्डिङ्ग, हाउस किपिङ, एज केयरिङ्ग, बुचरी, मोटर मेकानिक्स, स्पा, हेयर डे«सिङ, ब्युटिसियन, इलेक्ट्रोनिक्स गुङस रिपेरिङ, इलेक्ट्रोसियन जस्ता सीपमुलक एवं प्राविधिक तालिम दिने व्यवस्था गर्ने र दक्ष जनशक्ति उत्पादनमा जोड दिने, उच्च दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसरलाई बढावा दिने लगायतका योजना कमिटीले अघि सारेको छ ।

नेपालको नियम कानून अनुसार सम्बन्धित निकायहरुबाट स्वीकृति र कलेज तथा विश्व विद्यालयको सम्बन्धन समेत लिएर कार्यक्रम छिट्टै सुरु गर्ने संयोजक केसीले बताए ।