१७ बूँदे घोषणापत्र जारी गर्दै एनआरएनए मध्यपूर्व सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

वैदेशिक रोजगारमा रहेका श्रमिकका समस्या समाधान र लगानीको सम्बन्धमा बृहत छलफल
news-details

गैरआवासिय नेपाली संघ एनआरएनए मध्यपूर्वको आठौ सम्मेलन ओमानको राजधानी मस्कटमा १७ बुँदे घोषणापत्र सहित सम्पन्न भएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, श्रम मन्त्री शरद शिंह भण्डारी,पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ, पुर्व अर्थमन्त्री जनार्दन शर्मा, पुर्व श्रममन्त्री किसान श्रेष्ठ सहभागी रहेका थिए ।

उक्त सम्मेलनको समापन समारोमा पूर्वश्रममन्त्री किसान श्रेष्ठले एनआरएनको अधिकारका लागि आफू प्रतिवद्ध रहेको बताए । यसैगरी पूर्व अर्थमन्त्री शर्माले नेपालमा लगानीको पर्याप्त वातावरण भएको भन्दै जतिसक्दो लगानी भित्र्याउन आग्रह गरे । यसैगरी श्रममन्त्री शरद सिंह भण्डारीले श्रम क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको बताए । एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ छ ।

आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा वैदेशिक रोजगारमा रहेका श्रमिकका समस्या समाधान र लगानीको सम्बन्धमा बृहत छलफल भएको थियो । विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल भएको थियो ।

अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन आयोजना भएको हो ।

विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ, नेपाली दुतावास बहराईनका राजदुत तिर्थ राज वाग्ले, नेपाली दुतावास साउदी अरबका राजदुत नवराज सुवेदी, नेपाली दुतावास कतारका राजदुत डा नरेश बिक्रम ढकाल, नेपाली दुतावास ओमनका राजदुत डोरनाथ अर्याल, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *