एनआरएनएको ८ औ मध्यपूर्वी क्षेत्रीय भेला ओमानमा सुरु

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८ औ मध्यपूर्वी क्षेत्रीय भेला ओमानको राजधानी मस्कटमा सुरु भएको छ ।

‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिटेन्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित आज जुन २८ गते ओमानको राजधानी मस्कटको होटल मस्कट होलिडेमा सुरु भएको सम्मेलन ३० तारिखसम्म चल्ने छ ।

गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषदको मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद ओमानको अतिथ्यतामा सुरु भएको सम्मेलनलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले समुदघाटन गरेका छन । सो अवसरमा एमाले नेता तथा प्रतिनिधीसभा सदस्य रघुबिर महासेठको पनि विशष्टि आतिथ्यता रहेको थियो ।

यस्तै सम्मेलनको विहिबार चल्ने सत्रमा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, पूर्व श्रममन्त्री किशान श्रेष्ठ र पूर्वअर्थमन्त्री जर्नादन शर्माको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।

मुख्यतया सम्मेलनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा उनीहरुको योगदान, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्यका विषयमा छलफल गर्ने जनाइएको छ ।

त्यसैगरी मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, पुनःएकीकरण, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुने जानकारी दिइएको छ ।

सम्मेलनमा आइसीसीका पदाधिकारीहरु, मध्यपूर्वी क्षेत्रका एनआरएनए एनसीसीका प्रतिनिधीहरु तथा विश्वभरबाट एनआरएनए अभियान्ताहरुको सहभागिता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *