राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण, गैरआवासीय नेपालीद्धारा खुशी व्यक्त

news-details

राष्ट्रपति  पौडेललेरामचन्द्र नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।

अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिएका छन् ।

नागरिकता विद्येयक पास भएपछि गैरआवासीय नेपालीहरुले समेत स्वागत गरेका छन् । एनआरएनएका उपाध्यक्ष आरके शर्माले एनआरएनएले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धीको आवाजले सार्थकता पाएको र अव स्वदेशमा लगानी ल्याउनका लागि बाटो खुलेको बताएका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *