एनआरएनए कोरियाको अध्यक्षमा विपिन बलियो बन्दै, सर्वसम्मत बनाउन समर्थन जुटाउँदै

news-details

गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि आफ्नो आधिकारीक उम्मेदवारी दिएका विपिन कुमार गुरुङको पक्षमा बलियो जनलहर बनेको छ ।

एनआरएनए कोरियामा बसेर लामो अनुभव संहालेका विपिनलाई आगामी नेतृत्व हस्तान्तरणका लागि सर्वसम्मत बनाउने पहल भइरहेको छ । त्यति मात्र नभएर विपिनलाई विभिन्न सामजिक, जातीय , क्षेत्रीय, राजनीतिक एबं कोरियामा क्रियाशील नेपालीहरुको समर्थन रहेको छ ।

विपिनको उम्मेदवारी घोषणासभामा कोरियाका नेपाली समाजका अगुवा तथा उनका समर्थकहरुको बाक्लो उपस्थितिले उनको जित निश्चित झै बनेको हो ।

विगत २३ वर्षदेखि कोरिया रहेर व्यवसाय सञ्चालन गर्दै आएका विपिनले अघिल्लो कार्यकालमा नै एनआरएनए कोरियाको अध्यक्ष पदमा झिनो मतले पराजय भोग्नु परेको थियो । यद्यपी उनी चुप लागेर बसेनन्, सामाजिक काममा निरन्तर लागिनै रहे ।

अध्यक्षमा आफ्नो उम्मेदवारी बारे विपिन भन्छन्–‘मेरो अनुभव, कोरियामा रहेका नेपालीहरुको समर्थन र मेरो संस्थामा रहेर कार्य गर्ने इच्छा शक्तिले सबैको मन जित्ने छु र एनआरएनए कोरियालाई अर्को उचाईमा पु¥याउने छु ।’

एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष समेत रही काम गरिसकेका उनी बाग्लुङ समाज , तमू धीं , दोङदेमुन व्यापार संघ , खेलाडीहरूको संगठन लगायत कोरियामा क्रियाशील थुप्रै संघ संस्थामा आवद्ध छन् । उनी कोरियाको लाईन्स क्लवमा आवद्ध छन् । उनले कोरियाको समाजमा योगदान गरे बापत कोरियन सरकारद्वारा मानार्थ नागरिकताबाट सम्मानित भएका थिए ।

उनी हठ्ठी, पारदर्शी, मिलनसार , शालीन तथा सामाजिक व्यक्तित्वको रुपमा आम कोरियावासी नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल व्यक्ति हुन् । एनआरएनएको नेतृत्व लिएपछि पनि नेपाली समाजलाई अग्रगामी बाटोमा हिंडाउन आफुले पाएको सामाजिक कामको अनुभब र उर्जा लगाउदै संस्थालाई मजबुत बनाउने लक्ष्य रहेको बताएका छन् । उनले एनआरएनए कोरियाको नेतृत्वमा रहेर मुख्यरुपमा दिर्घकालीन योजनाका साथ र आपतकालीन योजनाका साथ सामाजिक कामहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

दिर्घकालीन कामहरुमा भने नेपालको विकाससंग सम्बन्धित काम जस्तै एनआरएनए कोरिया हट लाइन सेवा विस्तार , कोरियामा रोजगारी गर्दै आएका र स्वरोजगार गर्दै आएका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समाहित गराउने , दोहोरो नागरिकताको निरन्तरतामा पहल गर्ने, विदेशमा रहेका नेपालीहरुलाई मतदानको सुनिश्चिता बारे पहल गर्ने र कोरियाबासी नेपालीहरुमा भैपरी आउने समस्या समाधानमा सहयोग गर्नेदेखि नेपालीहरुले सिकेका सीप , ज्ञान ,पूँजी र नेपालमा सुरक्षित लगानी गर्न गराउन पहल गर्ने कामहरु रहेका छन ।

आजसम्म कोरियाबाट सिकेको ज्ञान ,सीप, क्षमताको आधार र लामो समय कोरिया बसाइ अनुभवले आफु योग्य तथा सक्षम उम्मेद्वार भएको र सबै नेपालीहरूको साथ समर्थन पाए आफू अझै काम गर्न अभिप्रेरित हुने विपिनको प्रतिवद्धता छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *