गैरआवासीय नेपाली संघ ट्रेडमार्कमा दर्ता

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) ट्रेडमार्कमा दर्ता भएको छ ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्त उद्योग विभागबाट ट्रेडमार्क प्रमाणपत्र प्राप्त गरेको हो । संघले पेन्टेन्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ बमोजिम आफ्नो ट्रेडमार्क सुरक्षित गरेको हो ।

ट्रेडमार्क विश्वव्यापी रुपमा उद्योग तथा संस्था छुट्याउने सक्ने संकेत हो । ट्रेडमार्कहरू बौद्धिक सम्पत्ति अधिकारद्वारा सुरक्षित समेत मानिन्छ। दर्ता पछि संस्थाको अनुमति विना कसैले लोगो र नाम प्रयोग गरेमा गैरकानूनी मानिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *