एनआरएनए विश्वकै यूनिक सामाजिक संस्था हो : डा. हेम राज शर्मा, उपाध्यक्ष

news-details

लुभेन् । गैरआवासीय नेपाली संघका (एनआरएनए)का उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघ विश्वकै यूनिक संस्था भएको बताएका छन् ।

डा. शर्माले गैरआवासीय नेपाली संघ बेल्जियमद्धारा लुभेन शहरमा आयोजित नेपाली मेलालाई सम्बोधन गर्र्दैै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघ विश्वै एक यूनिक संस्था रहेको चर्चा गर्दै संघको आयोजनामा भएको नेपाली मेला निकै आर्कषक र नेपाल झल्किने रहेको बताए ।

शर्माले विदेशी शहरमा आयोजना हुने यस्ता मेलाले नेपालको पर्यटन प्रर्वधन तथा विदेशमा जन्मिएर हुर्किदै गरेको दोस्रो पुस्तालाई नेपाली चिनाउने महत्वपूर्ण भूमिका हुने बताए । उनले नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउन सबै पक्षसंग मिलेर काम गर्न आब्हान गरे ।

नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवद्र्धन, नेपाली मौलिक खानाको प्रचारप्रचार गर्ने उदेश्यले बेल्जियमको लुभेन शहरमा शनिवार एक दिने नेपाली मेला शुरु भएको छ।

प्रमुखअतिथिको रुपमा मेलालाई सम्बोधन गर्दै लुभेन नगरपालिकाका मेयर महमद रिजवानीले नेपाली समुदायले लुभेन शहरमा खेलेको भूमिका प्रशंसा गरे गरे । उनले नेपालमा गएको महाभूकम्पको बेला लुभेनबासीले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा नेपाल र नेपाली समुदायको हितमा मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

उद्धघाटन कार्यक्रममा बोल्दै बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले नेपाली कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउन सकृय एनआरएनए बेल्जियमलाई धन्यवाद दिदै मेलाको सफलताको लागि शुभकामना दिए ।
गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनमा हरेक वर्ष आयोजना भएको मेलामा नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली संघसंस्थाको सहकार्य रहेको छ ।

नेपाल प्रमोसन’अन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको आयोजक एनआरएनए बेल्जिमयले जनाएको छ ।

मेलामा नेपाली झाँकी, लाखे नाच, भेषभुषा खाना लगायतका स्टलहरु प्रर्दशनीमा राखिएका छन् । मेला शुरु हुनु अघि नेपाली मन्चेबाजा शहरको मध्यभागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरन्जन लिएका थिए ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले स्वागत मन्तव्य दिएको मेला भर्न करिब ५ हजार भन्दा बढी नेपाली तथा विदेशीहरु लुभेन शहर पुग्ने आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *