उपप्रधान तथा रक्षामन्त्री खड्का र एनआरएनए अध्यक्ष डा बद्री केसीबीच भेटवार्ता

news-details

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी सहितको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासंग भेटघाट गरेको छ ।

कार्यकारी अध्यक्ष डा बद्री केसीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको स्थापना कालदेखि संघले नागरिकता तथा लगानीको मुद्धालाई महत्व दिएको र सो कार्यको पूर्णताका लागि सहजीकरण गर्न आग्रह गरे।

संघका अध्यक्ष कुल आचार्यले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले सामाजिक सुरक्षा, डलर खाता तथा संघको गतिविधि बारे जानकारी दिए । यस्तै संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भिम उदासले संघको सुरुको अभियान बारे जानकारी दिए ।

खड्काले गैरआवासीय नेपाली संघले स्थापना काल देखि नै नेपालको समृद्धिको सपना लिएकोमा धन्यवाद व्यक्त गर्दै नागरिकताको मुद्दा अब आउने वर्षे अधिवेशनबाट टुंगिने विश्वास व्यक्त व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *