एनआरएनए कुवर समुहको बार्षिक साधारणसभा आइतबार हुँदै, आगामी अधिवेशन एकताको अधिवेशन हुने संकेत

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (बिनोद कुवर समूह)को बार्षिक साधारणसभा भोलि आइतबार हुँदैछ ।

भर्चुअल माध्यम जुममार्फत आइतबार साझ ५ बजेबाट सुरु हुने साधारणसभामा वंशज नागरिकताको निरन्तरताको विषयमा छलफल गरिने संघका अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।

संघका पूर्वअध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त साधारणसभामा नागरिकताको विषयका साथै गैरआवासीय नेपालीहरुको मागका विषयमा पनि छलफल गरिने अध्यक्ष कुँवरको भनाई छ ।

यसैबीच संघका पूर्वअध्यक्ष शेष घले र अर्का पूर्वअध्यक्ष जिवा लामिछानेबीच जर्मनीमा भएको भेटघाटको सन्दर्भलाई लिएर टुक्रिएको एनआरएनए कार्यसमितिबीच एकता हुन सक्ने चर्चा चलेको छ ।

गत अधिवेशनबाट एनआरएनएमा डा. बद्री केसी, कुल आचार्य र रविना थापा नेतृत्वको एउटा कार्यसमिति र विनोद कुँवर नेतृत्वको अर्को कार्यसमिति चयन भएको छ । कुँवर कार्यसमितिलाई पूर्वअध्यक्ष घलेको साथ रहेको छ ।

पछिल्लो समय एनआरएनलाई एकवद्ध बनाउनुपर्ने आवाज उठिरहदा दुवै समूहबीच एकताको प्रयास चलिरहेको छ । यसैबीच दुई समूहमा विभाजित भएका पूर्वअध्यक्षद्धय घले र लामिछाने सँगै देखिएपछि एनआरएनएको आगामी अधिवेशन एकताको अधिवेशन हुने संकेत देखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *