गैरआवासीय नेपाली सोसल क्लब ओमानको अध्यक्षमा पुन: विकल झा चयन भएका छन । क्लबको हिजो १७ मार्च शुक्रबारको दिन सम्पन्न अधिवेशनले सन् २०२३-२०२५ का लागि २३ सदस्यीय कार्यसमित सर्वसम्मतले चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सुरेश खड्का, रविन सिल्पकर, टिका प्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन गरेको छ भने महासचिबमा सुसन श्रेष्ठ, सचिबमा कमल अर्याल र लक्ष्मी प्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुबेदी चयन गरेको छ ।

यस्तै कार्यसमितिको सदस्यहरुमा बसन्त नेपाली, काशी राम सुनार, सुबाश काफ्ले, बिबेक ज्ञवाली, केशव केसी, कुल प्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन भएका छन ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अतिथिकारुपमा एनआरएनए आइसीसी उपाध्यक्ष आर के शर्मा, नरेन्द्र भाट र डि बि क्षेत्री, आइसीसी युवा उपाध्यक्ष राज रेग्मी,आइसीसी सचिव प्रबिण गुरुङ, मध्यपूर्व संयोजक मनोज गोर्खाली, एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा, एनआरएनए एनसीसी युएईका उृपाध्यक्षन बिकास शाही, आइसीसी सदस्य टीका धिताल (केन्या), एनआरएन अभिचयान्ता राजु सैयद, शनी ओली, जनसवाल दैनिकका सम्पादक रामजी बगालेको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली सोसल क्लब ओमानले आफ्नो महाधिवेशनमा गरिमामय उपस्थिती जनाई कार्यक्रम सफल पार्न सहयोग गर्ने आफ्ना सदस्यहरु, बिभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु,आमन्त्रित अतिथीहरु, राजदुत तथा ओमानबासी नेपालीहरुप्रती कृतज्ञता ब्यक्त गरेको छ ।

ओमान सरकारबाट मान्यता प्राप्त एनआरएन सोसियल क्लब ओमानले ओमानमा रहेका नेपालीहरुको समस्यामा तथा स्वदेशमा विभिन्न सामाजिक कार्यका अलवा विपतको समयमा सहायता उपलब्ध गराउदै आइरहेको छ ।








