गैरआवासिय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एसोसियसन (एनए) बीच एकता भएको छ । दुवै संस्थाले संयुक्तरुपमा वार्षिक भेला सम्पन्न गरेर विश्वभर रहेका गैरआवासिय नेपालीलाई सकारात्मक सन्देश दिएका हुन ।

दुवै संस्थालाई एकतावद्ध गराउन एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, नेपाली जनप्रगतीशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, नेपाली जनसम्पर्क समिति युएईका सभापती भुवानी प्रसाद तिमल्सिना, एनआरएनए युएईका पुर्व अध्यक्ष एबं प्रमुख संरक्षक रमेश श्रेष्ठ, एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानालगायतले पहल गरेका थिए ।

संयुक्त बार्षिक भेलाले एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नेतृत्वमा आगामी कार्यकालका लागि ४३ सदस्यीय कार्यसमितिसमेत चयन गरेको हो । यो एकता भेलाले एनआरएनए आइसीसीलाई समेत एकताको लागी सोच्न बाध्य बनाएको छ ।

नवगठित कार्यसमितिको प्रमुख संरक्षकमा रमेश श्रेष्ठ र सल्लाहकारमा बाबुराम बिश्वकर्मा,भुवानी प्रसाद तिमल्सिना,टक गुरुङ, प्रमोद श्रेष्ठ, शशी सिलवाल र मेघराज सापकोटालाई नियुक्त गरिएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, मदन अधिकारी, सुजन सापकोटा, शोभा शर्मा, रमेश ढकाल, केशव नेपाल, मनोज कुमार सैजु र कृष्ण ठाकुर चयन भएका छन् भने महिला उपाध्यक्षमा सोनाम श्रेष्ठ चयन भएकी छिन ।

यस्तै महासचिवमा दीपक खड्का, सचिवमा पुस्कर सापकोटा, ताराबहादुर बोहरा,सुमन पराजुली, बिरेन्द्र नकर्मी , मुन्ना साम्सुल हक,  निराजन खत्री र भुन बहादुर भुजेल सुरेन  चयन भएका छन भने कोषाध्यक्षमा बिष्णुलाल श्रेष्ठ तथा सहकोषाध्यक्षमा रमेश गौतम र प्रकास थापा चयन भएका छन ।

एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

यसैगरी युवा संयोजकमा भिम मल्ल ठकुरी, युवा सह–संयोजकमा अपिल भट्टराई र महिला संयोजकमा मन्जु मल्ल चुनिएका छन ।

केन्द्रीय सदस्यहरुमा भरत पराजुली, सुनील गहतराज, बिनोद बस्नेत, कृष सुनार, तुलसीराम सुनार, नवराज श्रेष्ठ, ईश्वर श्रेष्ठ, बिक्रम तामाङ्ग, प्रेमबहादुर शाही, शैलेन्द्र खड्का, अशोक केसी, सुनिल कटुवाल, जीवनसिंह ठकुरी, किरनकुमार राई र एलिना फूयाँल चयन भएका छन ।

कार्यक्रममा नेपाली दुतावासका कार्यवाहक राजदुत विशाल भट्टराईले एनआरएनए युएईले गरेका कार्यको प्रंशसा गर्दै यो एकताले दुतावासलाई अझै सहज भएको र आगामी दिनमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीले दुई सँस्था एकता भएकोमा आफू अत्यन्तै खुशी भएको बताउदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना ब्यक्त गरे । उनले आफूले पनि युएईमा ब्यावसाय सुरु गरेकाले यो एनसिसिसँग अत्यन्त नजिकको सम्वन्ध रहेको जनाउदै नवनियुक्त अध्यक्ष ढुङ्गानाले धेरै कार्य गर्नेमा आफू बिश्वस्त रहेको बताए ।

एनआरएनए युएई र नेपाल एशोसिएसनबीचको एकताले विश्वभर रहेका गैरआवासीय नेपालीहरुमा एकताको सन्देश गएको भन्दै एनआरएनए आइसीसीका उपाध्यक्ष राजेन्द्र कुमार (आर.के) शर्माले एउटै उद्देश्य बोकेका संस्थाहरु एकतावद्ध गर्दै जान यो एकता भेलाले पाठ सिकाएको बताए । उनले आफू कार्यक्रममा उपस्थित हुन नसकेमा क्षमायाचना गर्दै सामाजिक संजालमा युएईमा सम्पन्न एकता भेलाबाट आइसीसीले पनि सिक्न जरुरी रहेको जनाउदै अब हामी सबै एक भएर अघि बढनुको विकल्प नभएको बताए ।

एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

यस्तै कार्यक्रममा एनआरएन मध्यपुर्व संयोजक गोर्खालीले यो एकताले आफू अत्यन्तै खुशी रहेको जनाउदै एकता अभियानमा साथ दिने सबैलाई धन्यवाद ब्यक्त गरे । गोर्खालीले आफूहरुले यो एकता गरेर विश्वलाई उदाहरणको रुपमा सन्देश दिएको बताए । उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै युएईमा रहेका नेपालीहरुको समस्या समाधानका लागी आफू चौबिसै घण्टा तयार रहेको बताए ।

एनआरएनए युएईका पुर्व अध्यक्ष एबं प्रमुख संरक्षक श्रेष्ठले इगोको लडाईले भएको समुदायको विवाद अन्त्य भएको जनाउदै यसमा आफू अत्यन्तै खुशी रहेको र यस अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए । उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सँस्थाको सहयोगिको रुपमा आफू सधै साथ रहने बताए ।

निकै लामो प्रयासपछि दुई संस्थाको एकता सम्भव भएको बताउदै नवनिर्वाचित अध्यक्ष ढुंगानाले अबका दिनमा एनआरएनए अभियानमा रहेका सबैलाई समेटेर अघि बढने बताए । उनले भने –‘हामीलाई काधमा जुन जिम्मेवारी बोकाइदिनुभएको छ, त्यसलाई इमान्दारीपूर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।’ उनले आफुलाई विश्वाष गरि जिम्मेवारी दिनुहुने युएईमा रहेका सबै संघ सँस्था र नेपाली समुदायलाई धन्यवाद ब्यक्त गरे ।

एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कार्यक्रममा नेपाली जनसम्पर्क समिती भारतका सभापती बालकृष्ण पान्डे,नेपाली जनप्रगतीशिल मंच युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा,नेपाली जनसम्पर्क समिती युएईका सभापती भुवानी प्रसाद तिमल्सिना,प्रवासी नेपाली मंच युएईका अध्यक्ष टक गुरुङलगाएत युएईमा रहेका संघ सँस्थाहरुले एनआरएनए र एनएको एकताले युएईमा सकारात्मक सन्देश गएको जनाउदै नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली दुतावासका कार्यवाहक राजदुत विशाल भट्टराई, काउन्सिलर दिनबन्धु सुवेदी, एनआरएनए आईसिसि उपाध्यक्ष धर्मराज अधिकारी,नेपाली जनसम्पर्क समिती भारतका सभापती बालकृष्ण पान्डे, एनआरएनए मध्यपुर्वका पुर्व संयोजक सिपी सापकोटा, एनआरएनए युरोपका डिआरसी ललित कुमार न्यौपाने, एनआरएनए युएसएका संरक्षक बिश्व बराल,पुर्व आईसिसि सदस्य नेत्र शर्मालगायत युएईमा रहेका सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कार्यक्रममा एनआरएन युएईको नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख एबं पुर्व अध्यक्ष यज्ञ बहादुर कार्की सुदिप ले प्रमाणपत्र बितरण गरेका थिए । सोही कार्यक्रममा एनआरएनए युएईलाई बिगतका दिनदेखी आजसम्म साथ र सहयोग गर्ने संघ संस्था,सामाजिक अभियन्ता र ब्यावसायीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।