उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौं सम्मेलनमा भाग लिन पुगेको अवसरमा गैरआवासीय नेपाली संघ कतारले स्वागत कार्यक्रम राख्दै नेपाली समुदायका अनुभव, आफ्ना समस्या र माग राखेको छ ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै कतार पुगेका मन्त्री श्रेष्ठसहितको सरकारी टोलि समक्ष एनआरएनए उपाध्यक्ष आरके शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढि रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग आजको आवश्यकता रहेको बताएका छन् । उपाध्यक्ष शर्माले विगत लामो समयदेखि रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा सामुहिक लगानी गर्नका लागि सरकार समक्ष आग्रह गर्दै आएका छन् ।

एनआरएनए उपाध्यक्ष शर्माले नेपालमा रेमिट्यान्स भित्रिएको छ भनेर मख्ख मात्र नपर्न आग्रह गर्दै उत्तिकै मात्रामा पैसा बाहिर गइरहेको बताएका छन् । उनले भने –‘रेमिट्यान्स भित्रिएको मात्र छैन बाहिर गइरहेको पनि छ ।’

दोहाको होटल क्राउन प्लाजामा भएको ‘भेटघाट तथा स्वागत’ कार्यक्रममा एनआरएनए उपाध्यक्ष शर्माले विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिकÞ लगानीमार्फÞत जम्मा गर्न सकियो भने वार्षिक ८० अर्व पूँजी संकलन हुने जुन नेपालको विकास बजेटको २५ प्रतिशत भन्दा धेरै हुने आंकलन गरेका छन् । उपाध्यक्ष शर्माले भने–‘हाम्रो रेमिट्यान्सको ७०% भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ, अर्कोतर्फ तरकारी, खाद्यान्नदेखि इन्धनसम्म आयात गर्दा फेरि ६० प्रतिशतभन्दा बढि रेमिट्यान्स बाहिर नै गइरहेको छ ।’ उनले सरकारी पदाधिकारी समक्ष प्रश्न गरेका छन्–‘ रेमिट्यान्सको सही सदुपयोग कहिले हुन्छ ?’

विदेशमा रहेका झण्डै ९८ प्रतिशत नेपालीको तन प्रदेशमा रहे पनि मन हरपल नेपाल मैं रहिरहने भएकाले सबैको साझा सपना भनेको सुरक्षित र सम्मानित वैदेशिक रोजÞगारका साथै रेमिट्यान्स, सीप, ज्ञान तथा अनुभवको लगानी गरेर स्वदेश नै फर्कने रहेको शर्माले बताएका छन् ।

प्राकृतिकरुपमा धनी देशमा नेपालीहरु ‘आफÞनो देशको हिरा छोडेर जीरा खोज्न’ विदेसिनु परेको यथार्थ सुनाउँदै शर्माले भने–‘ हामीसंग झण्डै ४२ हजÞार मेगावाट बिजुली उत्पादन क्षमता हुनु, विश्वका १० उच्च हिमाल मध्ये ८ हिमाल नेपालमा नै रहनु, बुद्धको जन्म स्थल हुँदा बौद्ध धर्मालम्बीहरूको तीर्थ लुम्बिनी बन्नु, अथाह प्राकृतिक स्रोत हुँदा पनि हामीले विकास गर्न नसक्नु दुर्भाग्य हो ।’

अहिले विश्व क्लिन इनर्जीको पछि लागिरहँदा नेपालले पनि योजनाबद्धढंगबाट लाग्ने हो भने नेपालमा आयात हुने धेरै कुरालाई प्रतिस्थापन गर्न सकिने शर्माको भनाई छ । उनी भन्छन्–‘क्लिन इनर्जीबाट कुकिंग ग्याँसलाई रिप्लेस गर्न सकिन्छ भने त्यसको केही गुणा बढि पेट्रोल अनि डिजल न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि सरकारले आजैबाट काम शुरु गर्नुपर्छ ।’

एनआरएनए उपाध्यक्ष शर्माले उपप्रधानमन्त्री श्रेष्ठ समक्ष भने – ‘रेमिट्यान्स भित्रिएको मात्र छैन बाहिर गइरहेको पनि छ’

उपाध्यक्ष शर्माले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि विशेष प्राधिकरण नै निर्माण गरेर दीर्घकालिन योजना बनाउन आग्रह गरेका छन् । ‘रेमिट्यान्सको १० प्रतिशत र सरकारको तर्फबाट प्रोत्साहन रकम हालेर एक लगानी कोषको यथासक्य स्थापना गरी देश विकास अनि वैदेशिक रोजगारको सुरक्षित अवकास योजना ल्याउन आवश्यक छ’ शर्माले सुझाएका छन् ।

शर्माले विदेशबाट मतदान गर्ने प्रावधान, बैदशिक रोजÞगारको बीमा रकमको बृद्धि, गैरआवासीय नागरिकता तथा गोर्खाजका समस्यालाई अविलम्ब सम्बोधन गरिनुपर्ने माग सरकारका उपप्रधानमन्त्री श्रेष्ठ समक्ष राखेका छन् ।

एनआरएनए उपाध्यक्ष शर्माले स्वदेशमा विदेशी लगानी लैजादा धेरै कानूनी अड्न र समस्या भएकाले त्यसलाई हटाएको खण्डमा धेरैभन्दा धेरै लगानी स्वदेशमा लान सकिने शर्माको भनाई छ ।