नेपालमा लगानी बढाउँदै एनआरएन, सचिव न्यौपाने बने स्मार्ट होलिडेजको अध्यक्ष

news-details

गैरआवासीय नेपालीहरुले स्वदेशमा आफुले कमाएको सीप, पूँजी र अनुभवलाई लगानी गर्दै आएका छन् । पछिल्लो समय एनआरएन सचिव खगेन्द्र न्यौपानेले नेपालमा स्मार्ट होलिडेजमा लगानी गरेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा इटा थप्ने भएका हुन् ।

नेपालमा चलिरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.मा कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका एनआरएनए सचिव न्यौपानले विदेशमा कमाएको लगानी स्वदेश भित्रयाउन वा आफ्नै देशमा लगानी गर्नका लागि सबै एनआरएनहरुलाई प्रेरित गरिरहेका छन् ।

स्वदेश तथा विदेशमा व्यापार व्यवसायमा सक्रिय न्यौपाने विकास हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत रहेका छन् । लामो समयदेखि मलेसियामा रहेर व्यवसाय गरिरहेका न्यौपाने एनआरएनए मलेसियाका पूर्व अध्यक्ष, एसिया प्यासिफिक उपसंयोजक हुँदै अहिले आइसीसी सचिवकारुपमा कार्यरत छन् ।

एटी ग्रुप अफ मलेसियाका सञ्चालक रहेका न्यौपानेले मलेसियामा सयौ नेपाली तथा विदेशी कामदारलाई रोजगार प्रदान गरिरहेका छन् । काठमाडौं उत्तरगेटमा रहेको सुविधासम्पन्न भिनोलिभा हस्पिटालिटिको अध्यक्ष समेत रहेका न्यौपाने विदेशको कमाईलाई स्वदेशमा ल्याउनु पर्ने तर्क राख्दछन् ।

न्यौपानेले ट्राभल क्षेत्रमा भएको अन्योल तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको जानकारी गराएका छन् । काठमाडौं हात्तिसारमा कार्यालय रहेको स्मार्ट होलिडेज र ग्रिनल्याण्ड होलिडेज लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आएका थिए ।

नेपाल बाहिर समेत व्यापार व्यवसायमा सफल रहेका न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप उर्जा मिल्ने संस्थाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *