टर्की भूकम्पमा नेपाली सुरक्षित छन् : एनआरएनए

news-details

टर्कीमा सोमबार गएको विनासकारी भूकम्पमा अहिलेसम्म नेपाली नपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी गराएको छ ।

टर्कीको दक्षिणी भागको सिरियन सीमा नजिक ७.८ म्याग्नेच्युडको भूकम्प गएको हो । टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगात क्षेत्रमा २ हजारदेखि २५ सयको संख्यामा नेपालीको बसोबास रहेको एनआरएनएले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु सिरियन बोर्डन नजिकै रहेको गाजिएन्तेपमा थोरै मात्र नेपाली रहेको समेत संघले जनाएको छ । ती मध्ये केही नेपाली सम्पर्कमा समेत आइसकेका छन् । सम्पर्कमा आएका नेपालीले अहिलेसम्म कुनै पनि नेपाली भूकम्पमा नपरेको र सबै जना सुरक्षित रहेको जानकारी गराएका थिए ।

थप विवरण भने संकलन भइरहेको एनआरएनएले उल्लेख गरेको छ । टर्कीमा कुनै नेपाली भूकम्पका कारण समस्यामा परेको भए सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।

कुनै समस्या भए एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ : ००-९०५५२२७७८५९३, महासचिव विनोद पौडेल : ००-९०५३७२७७७१९६, गैरआवासीय नेपाली संघ सचिवालय : ९७७- ०१४४११५३० मा सम्पर्क गर्न एनआरएनएले आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *