एनआरएनए प्रवक्ता सापकोटा बेलायतको वेल्सका लागि ‘टुरिजम गुडविल एम्बेसडर’ नियुक्त

news-details

गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडरका नियुक्त भएका छन । नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सापकोटालाई सरकारले टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको हो ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहबीच सापकोटालाई पर्यटन सचिब सुरेश अधिकारीले बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडरको नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

लामो समयदेखी गैरआवासीय नेपाली अभियानसँगै देश तथा बिदेशमा नेपालको पर्यटन क्षेत्र प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको भन्दै उनलाई बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडरमा चार बर्षका लागि नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटन सचिब अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा योगदान पु¥याउदै आएका सापकोटालाई टुरिजम गुडविल एम्बेसडरमा नियुक्त गरिएसँगै नेपालको पर्यटन क्षेत्र थप लाभान्वित हुने आशा राखेको बताए ।

यस्तै टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै सापकोटाले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे ।

सन २००७ देखी सन २००९ सम्म एनआरएनएको पर्यटन प्रबद्दन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखी सन २०१५ सम्म यसै कमिटीको उप संयोजक भएर काम गरिसकेका छन । यस्तै सन २०१६ देखी सन २०१८ सम्म डेनमार्कका लागि र सन २०१९ देखी २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधिको रूपमा नियुक्त भएर पनि सापकोटाले आफ्नो कार्यदक्षता सावित गरिसकेका छन ।

सापकोटा हाल एनआरएनएको प्रबक्ता एबं पर्यटन प्रर्बधन समितिका संयोजकसमेत रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *