एनआरएनए र पोखरा महानगरपालिकाबीच सार्वजनिक शौचालय तथा चमेना गृह निमार्णको लागि सम्झौता

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा महानगरपालिकास्थित महेन्द्र पुलमा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निमार्ण गर्ने भएको छ ।

सो शौचालयमा निमार्णको लागि गैरआवासीय नेपाली संघ र पोखरा महानगरपालिकाबीच बुधवार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाका अनुसार अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि सो सम्झौता गरिएको हो ।

संघको आर्थिक सहयोगमा सम्पन्न हुने सो परियोजनाको सम्झौतामा संघकी कार्यकारी अध्यक्ष रविना थापा र पोखरा महानगरपालिका प्रमुखबीच हस्ताक्षर भएको छ ।

पत्रमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उपयुक्त ठाउँमा गैरआवासीय नेपाली संघको लोगो सहितको झण्डा राखिने, अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उक्त शौचालय र चमेनागृह महानगरपालिकाले संचालन गर्ने विषय उल्लेख छ ।

यस सम्झौता हस्ताक्षर समारोहमा एनआरएनए उपाध्यक्ष जयप्रकाश गुरुङ, पोखरा महानगरपालिकाका पदाधिकारीहरु गैरआवासीय नेपाली संघ युएसएका आजिवन सदस्य तथा अभियान्ता नारायण थापा लगायतको विशेष उपस्थिती थियो । यस कार्यको लागि संघका प्रमुख कार्यकारी अधिकृत र पोखरा नगरपालिकका कार्यालय प्रमुखले समन्वय गर्ने संघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *