मातृशोकमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)का उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके)लाई संघ लगायत विभिन्न संघ–संस्थाले समवेदना प्रकट गरेका छन ।

चितवन जिल्ला भरतपुर–१६ फुर्तिचोकस्थित निवासमानै पुगेर बुधबार गैरआवासीय नेपाली संघकोतर्फबाट प्रवक्ता सोम सापकोटा, एनआरएनए एनसीसी हङकङकातर्फबाट अध्यक्ष गोकर्ण ढकाल, चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिकातर्फबाट अध्यक्ष समिर केसी, चितवन सेवा समाज कतारका पूर्वअध्यक्ष भुमिराज कार्की, चितवन सेवा समाजका सल्लाहकार देवेन्द्र सुबेदि र मुक्ति प्रसाद अधिकारी, समृद्ध चितवन अभियानका संयोजक तारा पौडेल, गोरखा सेवा समाज कतारका महासचिब बिकास श्रेष्ठ, रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धब भट्टराई, प्रबास खबर डट कमका अध्यक्ष बिनेश खनाल, पूर्व एआईजी विज्ञान राज शर्मालगायतले सयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेर मृत आत्माको चिर शान्तिको कामनासहित परिवारजनप्रति समवेदना प्रकट गरेका हुन ।

मातृशोकमा रहेका उपाध्यक्ष शर्मालाई एनआरएनएसहित विभिन्न संस्थाद्धारा समवेदना प्रकट

शर्माका माता कुन्ता कुमारी शर्माको गत पुस १४ गते ८३ बर्षको उमेरमा निधन भएको थियो । चितवनमा बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्व. शर्माको एनआरएनएका केन्द्रिय उपाध्यक्ष आरके शर्मा, एनआरएनए कतारका सल्लाहकार युवराज शर्मासहित विमल शर्मा, कुलराज शर्मा, लिलाराम शर्मा, छोरीहरु कालिका भट्टराई, रिमकली पौडेल र रेणुका खरेल गरी ८ सन्तान रहेका छन ।

एनआरएनए उपाध्यक्ष शर्मा नेपाली व्यवसायी संघ कतारका उपाध्यक्ष, चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका प्रमुख सल्लाहकारसमेत हुन भने युवराज शर्मा एनआरएनए कतारका सल्लाहकार हुन । एनआरएन अभियानलगायत, प्रवासमा सामाजिक कार्यमा सक्रिय शर्माले स्वदेशमासमेत विभिन्न सामाजिक काम गरिरहेका छन । उहाँको परिवारसमेत स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय छ ।

मातृशोकमा रहेका उपाध्यक्ष शर्मालाई एनआरएनएसहित विभिन्न संस्थाद्धारा समवेदना प्रकट

शर्मा परिवारलाई समवेदना प्रकट गर्न दैनिक स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधी तथा विभिन्न पेशा–व्यवसायमा रहेका व्यक्तिहरु चितवनस्थित निवासमा पुग्ने क्रम जारी छ ।