एनआरएनएले भेट्यो उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछानेलाई

news-details

गैरआवासीय नेपाली संघ (विनोद कुँवर समुह)ले नवनियुक्त उपप्रधान मन्त्रीद्वयसँग भेटवार्ता गरको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संघका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधी मण्डलले आइतबार भेटवार्ता गरेको हो ।

संघका अध्यक्ष विनोद कुँवरसहितको समुहले अर्थमन्त्री पौडेललाई भेटेर सफल कार्यकालको बधाई दिदै एनआरएनहरुले उठाउँदै आएका मुद्धालाई समाधान गर्न र एनआरएनहरुका मागलाई सम्वोधन गर्नका लागि ज्ञापनपत्र बुझाएको छ । नेपालमा लगानीको वातावरण बनाउन र एनआरएनहरुको लगानी सहजै स्वदेशमा ल्याउन तथा सुरक्षाको ग्यारेन्टी दिलाउन सरकार समक्ष ज्ञापनपत्र बुझाएको अध्यक्ष कुँवरले रोजगार मञ्चलाई बताए ।

सो अवसरमा मन्त्री पौडेलले एनआरएनहरुप्रति देशले धेरै आशा गरेको हुँदा देशमा लगानी भित्र्याउनका लागि सरकारले सहज वातावरण बनाउने र एनआरएनहरुका मागलाई सम्वोधन गर्ने बताएका थिए ।

कुँवर समूहले आइतबारनै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर बधाई तथा एनआरएनएको तर्फबाट ज्ञापनपत्र बुझाएको छ । एनआरएनहरुले लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै एनआरएनहरुका मागलाई संवोधन गर्न अनुरोध गरेको अध्यक्ष कुँवरले बताए ।

मन्त्री लामिछानेले आफु भर्खरै मन्त्रालय आएको हुँदा सबै जायज मागलाई सम्वोधन गरिने र एनआरएनएसँग केही दिनमा छुट्टै छलफल गर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *