एनआरएनए उपाध्यक्ष शर्मालाई मातृशोक

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तरास्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राजेन्द्र कुमार शर्मा(आरके)लाई मातृशोक परेको छ ।

शर्माका माता कुन्ता कुमारी शर्माको उपचारकै क्रममा ८३ बर्षको उमेरमा विहिबार निधन भएको हो ।

भरतपुर महानगरपालिका वडा नं १६ फुर्तिचोकमा बस्दै आएकी शर्माको माता कुन्ता कुमारी शर्माको चितवन मेडिकल कलेजमा उपचार भैरहेको थियो ।

चितवनमा बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्व. शर्माको एनआरएनएका केन्द्रिय उपाध्यक्ष आरके शर्मा, एनआरएनए कतारका सल्लाहकार युवराज शर्मा, विमल शर्मा, कुलराज शर्मा, लिलाराम शर्मा, छोरीहरु कालिका भट्टराई, रिमकली पौडेल र रेणुका खरेल गरी ८ सन्तान रहेका छन ।

दिवंगत शर्माको पार्थिव शरीरलाई आज विहान ९ बजे भरतपुर महानगरपालिका शिवघाटस्थित पवित्र घाटमा देह अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *