गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वको महत्वपूर्ण योगदान रहेको भएता पनि स्थापनाको दुई दशक पुग्दा पनि यस क्षेत्रले नेतृत्व पाउन नसकिरहेको बेला आगामी कार्यकालका लागि मध्यपूर्वले सर्बसम्मत एनआरएनएको नेतृत्व पाउनु पर्ने दावी गरेको छ ।

एनआरएनए कतारले शुक्रवार फिफा विश्व कप हेर्न कतार पुगेकालाई राखेको स्वागत कार्यक्रममा एनआरएनएको आगामी २०२३–२५ कार्यकालका लागि सर्बसम्मत मध्यपूर्वले नेतृत्व लिनु पर्ने बताएका हुन् ।

सन् २००३ देखि स्थापना भएको एनआरएनए अभियानमा मध्यपूर्वले सदैव अग्रस्थानमा रहेर साथ दिदै आएकोमा आगामी कार्यकालमा मध्यपूर्वले नै नेतृत्व पाउनु पर्ने अधिकांशको राय छ । एनआरएनएको आगामी नेतृत्वका लागि कतारका वर्तमान आइसीसी उपाध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)लाई सर्वसम्मत अगाडि सारिएको छ ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

एनआरएनए अभियानमा तन,मन र धनबाट सहयोग गर्दै आएका शर्माले मध्यपूर्वमा रहेका सबै एनआरएनहरुले आगामी नेतृत्वका लागि पठाउनु भयो भने आफु पूर्णरुपमा तयार रहेको बताएका छन् । ‘आगामी नेतृत्वका म आफै हुनुपर्छ भन्दा पनि मध्यपूर्वबाट चै नेतृत्व यसपटक लिनुपर्छ, यसका लागि मलाई भन्नु भयो भने म सम्पूर्णरुपमा तयार छु’ शर्माले भने ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

कार्यक्रममा एनआरएनए आइसीसी महिला उपाध्यक्ष यसमिन बेगम सैयदले मध्यपूर्वबाट एनआरएनएको नेतृत्व स्वतरुपमा पाउनु पर्ने बताइन् । ‘हामी अव एनआरएनए हाक्न सक्षम भएका छौं, सबैले सर्वसम्मत मध्यपूर्वलाई दिनु पर्छ त्यसका लागि वर्तमान उपाध्यक्ष सक्षम हुनुहुन्छ’ सैयदको भनाई छ ।

उनले मध्यपूर्व त्यसमा पनि कतार एनआरएन अभियानको उद्गम देश भएकाले यसभित्र भएका केही विवाद तथा असन्तुष्टीलाई मध्यपूर्वको एकताले हटाएर लैजाने बताइन् ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

एनआरएनए आइसीसी युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनएभित्रका विकृतिहरुलाई चिर्न र आम प्रवासिएका नेपालीको साझा संस्थाका रुपमा एनआरएनलाई बनाउन अव मध्यपूर्वले नेतृत्व लिनु पर्ने बताए । ‘नेतृत्वका लागि हामी सक्षम छौ, स्वतरुपमा आरके दाईले नेतृत्व लिन चाहनु भएको छ, उहाँका लागि एक मत बनाउन हामी तयार छौ’ रेग्मीले बताए ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

एनआरएनए आइसीसी सहकोषाध्यक्ष होमनाथ शर्मा,सचिव प्रविन गुरुङले एनआरएनएको नेतृत्व मध्यपूर्वले कहिल्यै नपाएको हुँदा अव स्वतरुपमा पाउनु पर्ने जिकीर गरे । एनआरएनए अभियन्ता तथा पूर्व आइसीसी उपाध्यक्ष सागर नेपालले एनआरएनएको नेतृत्व मध्यपूर्वले पहिला नै पाउनु पर्नेमा विविध कारणले सफल नभएपनि अव यो अवसर चुकाउन नहुने बताए ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

साउदी अरवबाट आएका अर्का एनआरएनए अभियन्ता राजु सैयदले मध्यपूर्वमा एनआरएन जन्माउने पाठशालाकारुपमा कतारलाई लिने गरेकोमा यहाँबाट नै आगामी नेतृत्व दावीलाई सबैले सहमत जनाउन सकिने बताए ।

फुटवल हेर्न आउनेले एनआरएनए कतारलाई जानकारी गराउन आग्रह

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमानले नेपाल तथा अन्य देशबाट कतारमा विश्वकप फुटबल हेर्न आउनेहरुले एनआरएनए कतारलाई सम्पर्क गरेको खण्डमा आवश्यक सहयोग गर्न सकिने बताएका छन् ।

एनआरएनए भनेको नेपालीहरुको आत्मियता साट्ने संस्था भएकाले जो केहीले एनआरएनए एनसीसीमा सम्पर्क राखेको खण्डमा एयरपोर्टमा स्वागतदेखि सकेको आवश्यक सत्कार गर्न तयार रहेको बताएका छन् ।‘हामी एयरपोर्टमा नै रिसिभ गर्न पुग्नेछौ तर हामीलाई जनाकारी गराउनु होला’ अध्यक्ष मुक्तताले बताए ।

कतार सरकारले आयोजना गरेको विश्वकपमा नेपाली श्रमिक र समुदायको पनि ठूलो सहयोग रहेको उल्लेख गर्दै मुक्तदाले यस अवसरमा एनआरएनए कतारले नेपाली कलासंस्कृतिहरु देखाइरहेको बताए ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

एनआरएनए कतारले साउदी अरवबाट कतार आएका एनसीसी उपाध्यक्ष रामबहादुर क्षेत्री, सल्लाहकारहरु अम्रित पौडेल र दिपक रेग्मी, राष्ट्रिय पुटवल टिमका प्रशिक्षक प्रवेश कटुवाल खादासहित स्वागत गरेको थियो ।

त्यसैगरी सोही अवसरमा नेपालबाट कतार पुगेका वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष तथा रोजगार मिडियाका संचालक उद्वव भट्टराई, जनसवाल दैनिकका रामजी बगाले, प्रवास खवरका बिनेश खनाल, उद्धार न्युजका रबि रोशी तथा अमेरिकाबाट आएका टिभी सण्डेका किरण मरहठ्ठालाई एनआरएनए एनसीसी कतारले स्वागत गरेको थियो ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

कार्यक्रममा एनआरएनएका आइसीसी तथा एनसीसीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

पत्रकार महासंघ कतार शाखासँग अन्तरक्रिया
पत्रकार महासंघ कतार शाखाले शुक्रवार नै छुट्टै नेपाल तथा अमेरिकाबाट कतार आएका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

एनआरएनए कतारको स्वागत कार्यक्रम : एनआरएनएको आगामी नेतृत्व मध्यपूर्वले सर्बसम्मत पाउनु पर्नेमा एकमत

कतार शाखाका अध्यक्ष करिम बक्स मियाले कतारमा पत्रकारिता गर्दा समस्या झेल्नुपरेको यथार्थ र नेपालमा मिडियासँगको सहकार्य अझ प्रगाढ हुनु पर्ने औल्याए ।

अवसरमा नेपालबाट कतार पुगेका वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष तथा रोजगार मिडियाका संचालक उद्वव भट्टराई, जनसवाल दैनिकका रामजी बगाले, प्रवास खवरका बिनेश खनाल, उद्धार न्युजका रबि रोशी तथा अमेरिकाबाट आएका टिभी सण्डेका किरण मरहठ्ठाले प्रवासमा आफ्नो ड्युटीको बाबजुत पनि पत्रकारिता गर्नु चुनौतिपूर्ण रहँदा पनि कतारमा कलम चलाउने पत्रकारहरुको प्रसंसा गरे ।