गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माको आर्थिक सहयोगमा पशुपति समाज कल्याण बृद्धाश्रममा न्यानो कपडा वितरण गरिएको छ ।

बृद्धाश्रममा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री के.सी.ले आश्रममा रहेका सम्पूर्ण बृद्धबृद्धा र कर्मचारीहरुलाई न्यानो कपडा स्वरुप थर्माकोट वितरण गरेका हुन । आश्रममा ९४ जना बृद्धबृद्धा रहेका छन ।

एनआरएनए उपाध्यक्ष शर्माको सहयोगमा पशुपति बृद्धाश्रममा न्यानो कपडा वितरण, अध्यक्ष केसी र युवा संयोजक वाशिदले गरे हस्तान्तरण

कतारमा सफल नेपाली व्यवसायीको पहिचान बनाउन सफल उपाध्यक्ष शर्माले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याउदै आएकोमा यसपटक आफ्नो जन्मोत्सवको अवसर पारेर एनआरएनए संस्थामार्फत सहयोग प्रदान गरेका हुन ।

एनआरएनहरुले व्यक्तिगत तवरले तथा संस्थागत तवरले विभिन्न सामाजिक तथा मानविय सहायताका कार्यहरु गर्दै आएको बताउँदै एनआरएनएका अध्यक्ष केसीले च्यारिटीकै कारण एनआरएनए संस्था पवित्र संस्थाकारुपमा चिनिएको उल्लेख गरे ।

एनआरएनए उपाध्यक्ष शर्माको सहयोगमा पशुपति बृद्धाश्रममा न्यानो कपडा वितरण, अध्यक्ष केसी र युवा संयोजक वाशिदले गरे हस्तान्तरण

अध्यक्ष केसीले पशुपति क्षेत्रमै एनआरएनए संस्थाले आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम बनाएर हस्तान्तरण गर्ने योजना बनाएकोमा सरकारबाट जग्गा प्राप्तीमा ढिलाई हुदा उक्त कार्य अघि बढन नसकेको र अब नयाँ सरकार गठनसँगै यस कार्यमा तदारुक्ताका साथ लाग्ने बताए ।

एनआरएनए उपाध्यक्ष शर्माको सहयोगमा पशुपति बृद्धाश्रममा न्यानो कपडा वितरण, अध्यक्ष केसी र युवा संयोजक वाशिदले गरे हस्तान्तरण

कार्यक्रममा बोल्दै एनआरएनएका युवा संयोजक अब्दुल वाशिदले पशुपति बृद्धाश्रमको संरक्षण र सम्वद्र्धनका लागि सबैले पहल गर्नुपर्ने आवश्यक्ता औल्याउदै आगामी दिनमा पनि यस्ता मानवीय सहायताका काम व्यक्तिगत तथा संस्थागत जुनसुकै तवरले भए पनि गरिरहने बताए ।

एनआरएनए उपाध्यक्ष शर्माको सहयोगमा पशुपति बृद्धाश्रममा न्यानो कपडा वितरण, अध्यक्ष केसी र युवा संयोजक वाशिदले गरे हस्तान्तरण

पिजन इन्जिनियरिङ कतारका प्रतिनिधी रामकृष्ण चौलागाईले कम्पनीका संचालकसमेत रहेका आरके शर्माले यसअघि पनि सामाजिक कार्य तथा सहयोग गर्दै आएकोमा एनआरएनए नेतृत्वमासमेत रहेकाले यसपटक संस्थामार्फत सहयोग गरेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तर अघि बढाउने जानकारी दिए ।

एनआरएनए उपाध्यक्ष शर्माको सहयोगमा पशुपति बृद्धाश्रममा न्यानो कपडा वितरण, अध्यक्ष केसी र युवा संयोजक वाशिदले गरे हस्तान्तरण

समाज कल्याण केन्द्र बृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डेले विदेशमा रहेका नेपालीहरुको यस किसिमको सहयोगले आश्रममा रहेका सयौ बृद्धबृद्धाहरु मात्र नभएर आफुहरु पनि खुसी भएको बताए । उनले सहयोग सामाग्री उपलब्ध गराएकोमा एनआरएनए उपाध्यक्ष शर्मा र एनआरएनएलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता सहयोग गरिरहन आग्रह गरे ।

एनआरएनए उपाध्यक्ष शर्माको सहयोगमा पशुपति बृद्धाश्रममा न्यानो कपडा वितरण, अध्यक्ष केसी र युवा संयोजक वाशिदले गरे हस्तान्तरण