एनआरएनएले पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने

news-details

गैरआवासीय नेपाली संघ जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी पोखराको निमार्णधीन भवनमा संघले २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो ।

विरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको मानइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्यरुपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाको विषेश उपस्थितिमा एनआरएनए जापान र नेपाल रेडक्रस सोसाइटी पोखराबीच गतसाता एक सम्झनौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले ७ वटै प्रदेशमा ब्लड बस बैंकको स्थापना गर्न लागेको जानकारी दिए । उनले संघ रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन ।

नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौंलगायत देशका बिभिन्न शहरमा आवश्यक परेको बेला विरामीको उपचारको लागि ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसीसी सदस्य लक्षुमन बानियाँ, एनआरएनए अभियान्ता नारायण थापा लगायतको उपस्थिति थियो ।

एनआरएनएको पहलमा नेपाल जाने र फर्केका पर्यटकबीच अन्तरक्रिया

गैरआवासीय नेपाली संघ अन्तरर्गतको पर्यटन प्रर्वधन समिति र युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम ९इएनसिसिटी० का संयुक्त आयोजनामा आगामी वर्ष नेपाल जाने पर्यटकहरुका लागि आवश्यक जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरेको  छ ।

समितिका संयोजक तथा संघका प्रवक्ता सोम सापकोटाका अनुसार गत साता भरर्चुअल कार्यक्रममा नेपाल भ्रमण गरिसकेका र आगामी वर्ष भ्रमणको लागि तयारी गरेका पर्यटकबीच छलफल भएको थियो ।

कार्यक्रममा युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (इएनसिसिटी) का अध्यक्ष दीपेशमान शाक्य र एनआरएनए पर्यटन प्रर्वधन समितिमा सदस्य कमल भट्टले संयुक्त रुपमा पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मल्टा, आयरल्याण्ड, यूके र स्वीड्जरल्याण्डबाट नेपाल गएर फर्किएका पर्यटक र आगामी वर्ष जाने योजनामा रहेका पर्यटकहरुबीच छलफल भएको संघका प्रवक्ता सोम सापकोटाले जनाकारी दिए ।

युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (इएनसिसिटी) को सहकार्यमा आयोजित कार्यक्रममा बेल्जियम, मलेसिया, जर्मन, चीन, इटाली, मल्टा आयरल्याण्ड यूके, स्वीजडरल्याण्ड लगायत १३ देशका पर्यटकहरुले आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा इएनसिसिटीका योएएन कोनेलिय, ग्रे फुचस्, जीत रानाभाट लगायतले आफ्नो भनाइहरु राखेका थिए ।

कार्यक्रममा संघका प्रवक्ता सापकोटाले गैरआवासीय नेपाली संघको पर्यटन प्रर्वधन समितिले गरेका गतिविधि माथि प्रकाश पार्दे स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *