मुख्यमन्त्री भट्ट र एनआरएनए अध्यक्ष थापाबीच भेट, डोटीका भुकम्प पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापा र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटघाट भएको छ ।

थापासंगको भेटमा मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताए । उनले गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न आफु इच्छुक रहेको बताए ।

विहिवार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन । उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनएहरु इच्छुक रहेको बताइन ।

यसैबीच, अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसंग समेत भेटघाट गरेकी छिन । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशसा गरे ।

भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।

कमैया मुक्त बालवालिकासंग एनआरएनए अध्यक्ष थापा

गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले कमौया मुक्त बालबालिका समस्याका बारेमा पनि छलफल गरेका छिन् । थापाले कन्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग भेटघाट गरेकी हुन् । भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा बिभिन्न समस्या रहेको बताए । उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए ।

विहिवार भएको विद्यालय भ्रमणको क्रममा अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले मुख्य रुपमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर गतिविधि संचालन गरेको बताइन । थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाइन ।

डोटीका भुकम्पबाट पिडितलाई एनआरएनएले ५ लाख सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीमा भुकम्पबाट पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।

गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *