प्रधानमन्त्री देउवाद्धाराद्धारा ‘एनआरएन डे’ उदघाटन

news-details

संसारभर छरिएर रहेका नेपालीहरुको साझा सस्था गैरआवासीय नेपाली संघले हरेक बर्ष अक्टाबेर ११ का दिन मनाउदै आएको गैरआवासीय नेपाली दिवस (एनआरएन डे)को आज एक समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन ।

होटल याक एण्ड यतिमा आजबाट सुरु भएको एनआरएन डे तथा संघको साधारणसभालाई प्रधानमन्त्री देउवाले उदघाटन गरेका हुन । होटल याक एण्ड यतिमा आजबाट सुरु भएको एनआरएन डे तथा संघको साधारणसभालाई प्रधानमन्त्री देउवाले उदघाटन गरेका हुन । उदघाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाड, संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसी, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो तथा संघ कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

एनआरएन डे कै अवसर पारेर संघले आज विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । जस अनुसार विहानै स्वयम्भुनाथ र पशुपतिनाथ दर्शन कार्यक्रम तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अपरान्हबाट सुरु भएको संघको औपचारिक कार्यक्रम अन्तर्गत एनआरएनएले उठाउदै आएका विभिन्न मुद्दाहरु, नागरिकता विधेयक, एनआरएनको लगानी, पर्यटन प्रवद्र्धन, वैदेशीक रोजगार, विदेशमा बस्ने नेपालीलाई मतदानको सुनिश्निता, गैरआवासीय नेपालीको अनुभव, ज्ञान र सीपको उपयोग, विज्ञान तथा प्रविधि सम्बन्धी विषयहरुबारे कार्यपत्र प्रस्तुत र छलफल भैरहेको छ ।

संघको साधारणसभाले महासचिवको प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम पनि रहेको संघले जनाएको छ ।

भोली साझसम्म चल्ने एनआरएन डे तथा साधारणसभाको समापन भने पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *