‘रेमिट्यान्सको सही सदुपयोग नै राष्ट्र विकासको रामवाण’ एनआरएनए उपाध्यक्ष आरके शर्मा

news-details

गैरआवासीय नेपाली संघ(एनआरएनए) का उपाध्यक्ष आरके शर्माले रेमिट्यान्सको सही सदुपयोग, विदेशमा सिकेको सीप र दक्षता नै राष्ट्र विकासका लागि सबैभन्दा महत्वपूर्ण आधार बन्न सक्ने बताएका छन् । उपाध्यक्ष शर्माले एनआरएनए १४ औ यूरोप क्षेत्रीय भेलाका अवसरमा आफ्नो मन्तब्य राख्दै रेमिट्यान्सको सही सदुपयोग नै राष्ट्र विकासको रामवाण रहेको बताएका हुन् ।

सरकारले वैदेशिक मुद्रा संचितिमा समस्या आएको बताइरहँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको खर्बौ रुपैयाँ रेमिटयान्स अनुत्पादक क्षेत्रमा खर्च हँुदै बिलाशिताका सामान आयात गर्न फेरि बिदेसिइरहेको तितो यथार्थ रहेको शर्माले बताए ।

लामों समयदेखि मध्यपूर्व, मलेसिया जापान, कोरिया न्यून अनी मध्यम आय भएका एनआरएनहरुलाई समेटी सामूहिक लगानीको अवधारणा अगाडि बढ़ाई राष्ट्र विकासको सारथी बन्ने नारा अझै शुरुआत हुन नसक्नु दुखको विषय रहेको उल्लेख गरे ।

‘रेमिट्यान्सको करीब ७०% अनुत्पादक क्षेत्रमा खर्च हुदै गर्दा भोलि खाली हात फर्किने साथीहरूको अवस्था कस्तो हुन्छ । उनीहरुको भबिस्यमा कालो बादल मडारिएको छ । यदि सरकारलें समयमा आँखा खोली हामिले वार्षिक पठाउने ९९० अर्व मध्ये १०% मात्र लगानीमा परिणत गर्न सके ठुलो पूँजी जम्मा हुन्छ । अनि देशमा ठुला ठुला प्रोजेक्ट, हाइड्रो इनर्जीलगायत मेगा प्रोजेक्ट निर्माण गर्न सकिन्छ’, शर्माको भनाई छ ।

देशमा मेगा प्रोजेक्ट छिट्टै निर्माण गर्न सके रेमिट्यान्स पठाउनेलाई मात्र होइन देशले पनि धेरै ठुलो उपलब्धि हाँसिल गर्नेमा दुबिधा नरहेको बताउँदै शर्माले यो बिषयमा सबैले जोड दिनु आवश्यक रहेको बताए । विदेशिएका ९८% भन्दा धेरै नेपाली बाध्यताले विदेशिनु परेको उल्लेख गर्दै शर्माले सबै नेपाली आफ्नै देशमा फर्किन आतुर रहेको बताए । ‘यो गहन जिम्मेवारी तपाई हाम्रो काँंधमा आएको छ र यो हामै पालामा तपाई हामीले पठाएको रेमिटयान्स, सिकेको ज्ञान सीप र बिज्ञताको सही लगानी गरियो भने सम्भव पनि छ । रेमिट्यान्सको सहि सदुपयोग गर्नका लागि सरकारले वातावरण बनाउन ढिलो गर्नै हुन्न,’ शर्माले बताए ।

एनआरएनले सुख, दुःख तथा आपतविपत सदैव साथ दिइरहेका पनि शर्माले बताए । ‘आज मध्यपूर्वमा कोही समस्यामा हुँदा एसिया प्यासिफिकका साथीहरुले सहयोगको लागि हात जुटाउनु अनि बिभिन बाटोबाट युरोप वा अमेरिका छिर्दा समस्यामा पर्नेलाई मध्यपूर्वको सहयोग वा अफ्रिकामा समस्यामा पर्दा युरोपको साथीहरूको सहयोग हुँदै आएको छ ।

कोरोनाको महामारीमा अक्सिजन सिलिण्डरको अभावमा नेपालमा ज्यान गमाइरहेको बेलामा मध्यपूर्वका साथीहरूले गाँस कटाएर अक्सिजन सिलिण्डर पठाउने, कोरियाबाट पहिलो महामारीको शुरूवातमै स्वास्थ्य सामग्री पठाऊन होस या विदेशमा समस्यामा परेका दाजुभाई दिदी वहिनीलाई उद्दार गर्न एनआरएन एउटा भरपर्दों र बालियों साथीकोरुपमा उभिएको छ । यी सबै कारणले हाम्रो संस्था प्रति धेरै गर्व महशुस हुन्छ’, शर्माले भने ।

गैरआवासीय नागरिकता सम्बोधनको अंतिम चरणमा पुगेपनि अहिले बिधेयक गम्भीर मोडमा पुगेर अड़किएको बताउँदै शर्माले समस्याको गाँठो छिट्टै फुक्नेमा विश्वस्त रहेको बताए । नागरिकता विधेयकमा नेपालीलाई नागरिकताको सम्बन्धमा समस्या नरहेकाले छिट्टै सम्बोधन हुन्छ भन्ने आशा रहेको र समस्या सम्बोधन नभएसम्म एनआरएनए नेतृत्वमा लागिरहने पनि उनले प्रतिबद्दता जनाए ।

शर्माले वैदेशिक रोजगारमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने काम हुँदै गरेको र श्रमिकका समस्यालाई दीर्घकालीन समाधान निकाल्न जरुरी रहेको पनि बताए । गोरर्खाज अनि (पिएनओ) थाइल्यान्ड, मलेसिया, म्यांमारमा बस्नेले नेपालीहरुका माग सम्बोधन तथा मध्यपूर्व, मलेसिया मात्रा नभई युरोपीय क्षेत्रमा पनि रोजगारीका क्रममा देखिएका समस्या, मानव तस्करीको अन्त्यको लागि अझै धेरै काम गर्नुपर्ने शर्माले बताए ।

शर्माले एनआरएनए भित्र पछिल्ला केही समयमा देखिएका मतभेदले सम्पूर्ण बिदेशमा रहने नेपालीहरुलाई होस् या नेपाल रहने धेरै नेपाली लाई चिन्तित बनाएको बताए । अहिले नेतृत्वमा रहने सबैको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै शर्माले संस्थामा देखिएका केही मतभेदलाई हामी ठुलो ह्दय गरेर समाधान गर्नुपर्ने बताए ।एनआरएनए नेतृत्वमा निरन्तर लागेर तन,मन र धन दिएर लागिरहेका शर्मालाई एनआरएनएको नेतृत्वमा पु¥याउनु पर्छ भनेर आवाज उठ्न थालेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *