एनआरएनएका पदाधिकारी र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता

news-details

नेपालका लागि श्रीलंकाली राजदूत हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयको भ्रमण गरेका छन ।

यस अवसरमा उनीहरुलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा लगायत संघका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए ।

महामहिम राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गरेका थिए । श्रीलंकामा पनि यस्तै छाता संगठनमार्फत गैरआवासीयहरुलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उनीहरुको भ्रमण केन्द्रित थियो ।

यस अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा, उपाध्यक्ष डि.बि. क्षेत्री लगायतका पदाधिकारीहरुले संघले आजको अवस्थासम्म आउन गरेको प्रयास, चुनौती र आयामहरुको विषयमा प्रकाश पारेका थिए ।

यसरी नै राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको भन्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताए ।

अन्त्यमा, अध्यक्षद्वयले यस भ्रमणले गैरआवासीय नेपालीहरुले गरेको अभियानमा छिमेकी मुलुकले समेत चासो दिएकोमा उनीहरु समक्ष हार्दिक अभार प्रकट गरे । यस्तै उनीहरुले आगामी दिनमा सहयोग तथा सिकाई आदान प्रदान गर्ने कुरामा जोड दिई यो भ्रमण एक कोशेढुंगो सावित भएको बताएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *