विनोद कुँवर नेतृत्वको एनआरएनए आक्रमक बन्दै, १० बुँदे समझदारीसहित एनसीसी अमेरिका गठन

news-details

विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघले राष्ट्रिय समन्वय समिति (एनसीसी) बिस्तारलाई तिब्रता दिएको छ । पछिल्लो पटक कुबँर नेतृत्वको एनआरएनएले एनसीसी अमेरिकामा सूर्य लम्साल नेतृत्वमा ३७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

एनआरएनए आइसीसी अध्यक्ष विनोद कुँवर र एनसीसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष लम्सालबीच शनिबार काठमाडौंमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।


एनआरएनएका संरक्षक सोनाम लामा र सल्लाहाकार श्याम तामाङको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । एनआरएनएको विधान अनुसार आफ्नो संघ नै आधिकारिक भएको दावी गर्दैै कुँवरसमूहले आफ्नो काम अगाडि बढाइरहेको छ । संघका पूर्व अध्यक्ष शेष घले र देवमान हिराचनको साथ लिएर कुँवर समूहले जति एनसीसी बिस्तार गरिरहेको छ, त्यति नै एनआरएनए एकतामा असर परिरहेको देखिन्छ ।

एनआरएनए अमेरिकाको अध्यक्ष सुर्य लम्साल, वरिष्ठ उपाध्यक्ष ज्ञानु थापा लगायत ३७ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । कुँबर नेतृत्वको कार्यसमितिले यसअघि साउदी अरब, ओमान, क्यानडा, क्रोयसिया, कतार लगायतका आधा दर्जन देशमा एनसिसीहरू गठन गरिसकेको छ ।

केही समयभित्र १ दर्जन वढि देशहरुमा संगठन विस्तारको तयारीमा रहेको र विधानत संघले आफ्नो काम निरन्तर अगाडि बढाउने अध्यक्ष कुँबरको भनाई छ । यद्यपी एनआरएनएभित्र एकताको बहस भने अहिले चल्न थालेको छ, त्यसका लागि दुवै समूहले तदारुकता देखाउन जरुरी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *