नागरिकता विधेयक दुवै सदनबाट पारित भएकोमा एनआरएनएद्धारा धन्यवाद प्रकट

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल नागरिकता विधेयक पारित गरेको भन्‍दै धन्यवाद प्रकट गरेको छ । नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएको छ ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझ बढेको महसुस गरेको बताएका छन ।

विज्ञप्तिमा लेखिएको छ, ‘‘नेपालको संविधानको २०७२ को धारा १४ मा व्यवस्था भए अनुसार गैरआवासीय नेपालीलाई प्रदान गरिने गैरआवासीय नेपाली नागरिकताको समेत प्रावधान राखिएको यस विधेयक कानुन बनेपश्चात यसअन्तर्गत नागरिकता पाउने व्यक्तिलाई आम नेपालीसरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुने हुनाले हामी गैरआवासीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस गरेका छौं ।’’

सरकारको यो निर्णयले संसारभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन मार्ग प्रशस्त गर्नेसाथै समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने अध्यक्ष आचार्यले उल्लेख गरेका छन ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई सार्थक बनाउन नागरिकता विधेयकले सहयोग पुराएको विज्ञप्तिमा उल्लेख छ ।

विधेयक पारित गर्न मुख्य भूमिका निर्वाह गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, कानुनमन्त्री, परराष्ट्रमन्त्री तथा राजनीतिक दलका अध्यक्षलगायत नेपाल सरकारका पदाधिकारीहरुमा संघले आभार प्रकट गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *