गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरब, तदर्थ समितिको गठन गरिएको छ।
गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाण्डौमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को १० औं महाधिवेशनबाट अध्यक्षमा चुनिएका विनोद कुँवर नेतृत्वको कार्यसमितिले संघको संजाल बिश्वभर बिस्तार गर्ने योजना अनुरुप यो समिति गठन गरेको जनाएको छ ।
नवगठित एनसीसी साउदी अरबको तदर्थ समितिको संयोजकमा कमल शाही, सहसंयोजकमा राजु के सी तथा सदस्यहरु अनुशा तामाङ, अल कासिम, बिल्टु मुखिया, अर्जुन क्षेत्री, सुमन दाहाल, चन्दर कान्त चुदाली, कमल पाठक, दिपेन्द्र थापा चयन भएका छन ।
नवगठित तदर्थ समितिलाई संघको बिधान २००३ को संसोधनसहित २०२१ अनुसार काम कार्बाही अघि बढाउन संघले निर्देशन गरेको छ।
यसअघि कुँवर समूहले अध्यावधिक एनआरएनए एनसीसीहरुलाई साझेदारीमा काम गर्न पत्राचार गरेकोमा एनसीसीहरुबाट कुनै जवाफ नआएपछि विकल्पमा तदर्थ समिति गठन गर्ने अभियान सुरु गरिएको जनाएको छ । योसँगै अध्यक्ष बिनोद कुँवर समूहको पहिलो तदर्थ समिति साउदी अरब भएको छ।








