एनआरएनएको विधान संशोधनको लागि तयारी सुरु

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधनको लागि आवश्यक तयारी सुरु गरिएको छ । संघको विधान समितिका संयोजक डा हेम राज शर्माको अध्यक्षतामा सोमवार बसेको पहिलो बैठकले कार्यविधि तयार गरेको समितिको सदस्य सचिव गंगाधार गौतमले जानकारी दिए ।

बैठकले सङ्घको विधानमा सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचन पद्धति लगायतका विषयमा केन्द्रित रहेर कार्यविधि बनाउने निर्णय गरेको छ । बैठकमा सङ्घको १० औँ महाधिवेशनमा देखिएका चुनौती र विधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।

बैठकले आगामी एक हप्ताभित्र संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसी र महासचिवद्वय गौरी जोशी र डा केशव पौडेललाई समितिको बैठकमा छलफलको लागि बोलाउने निर्णय गरेको छ । बैठकमा समितिका सदस्यहरू यासमिन वेगम सयैद, नारायण आचार्य, भूषण घिमिरे, नरेन्द्र भाट र महेश श्रेष्ठको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *