कुँवर समूहले थाल्यो एनआरएनए एकताको पहल, बृहत एनसीसी भेला भोलि हुँदै

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अधिबेशनपछि दुईवटा बनेको एनआरएनए एकताको पहल शुरु भएको छ । विनोद कुँवर नेतृत्वको एनआरएनएले राष्ट्रिय समन्वय परिषद (एनसीसी) भेला आह्वान गरेर एकताकोे पहल थालेको हो ।

एनआरएनए एनसीसीको राय र सुझाव लिने भन्दै साझेदारी, समन्वय र सहकार्यका लागि उक्त समूहले एनसीसीहरुको भेला १२ मे बिहीबारका दिन बोलाएको छ । एनआरएनएले दुई वटा भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश फैलिरहेको अवस्थामा उक्त समूहले एनसीसीहरुको रायका लागि भेला बोलाएको हो ।

‘हामी एकताको विपक्षमा कदापी छैनौ, हामी एनसीसीहरुको सल्लाह, सुझाव र प्रतिक्रिया लिएर अगाडि बढ्छौ’ अध्यक्ष कुँवरले भने–‘एनसीसी भनेको आइसीसीका पीलर हुन्, उनीहरुको मर्म अनुसार चल्नुपर्छ ।’

एनसीसीहरुको म्याण्डेड लिएर संघ अगाडि बढ्नु पर्ने कुँवर पक्षको बुझाई छ । एनआरएनए अभियानलाई अगाडि बढाउनका लागि एकता नै पहिलो कडी हो ।

विभिन्न देशमा दर्ता भएका एनआरएनए त्यही देशको कानून अनुसार चलाउन, गैरआवासीय नेपालीहरुका प्रमुख मुद्धाहरुको समाधान गर्न र नेपाल सरकारसंग सहकार्य गर्दै अन्य धेरै काम गर्नको लागि साझेदारी आवश्यक भएकोले सबै देशका एनसीसीलाई भेलामा सहभागी हुनका लागि आह्वान गरिएको छ ।

एनआरएनएको १० औं महाअधिबेशन २२ मार्च देखि २५ मार्चमा होटक याक एण्ड यतिमा संघका प्रमुख संरक्षक शेष घलेको अगुवाईमा सम्पन्न भएको थियो भने होटल हिमालयनमा २६ मार्च देखि २७ मार्चमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा सम्पन्न भएको थियो । नयाँ नेतृत्व दुईटै महाधिबेशनले छुट्टाछुट्टै चयन गरेर अहिले क्रियाशिल रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *