गैरआवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

ती मध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराईने एनआरएनएले जनाएको छ।

एनआरएनएद्धारा चितवनमा स्वास्थ्य सामग्री हस्तान्तरण

९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्तन्तरण गरेको संघका प्रवक्ता सोम सापकोटा जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानगरप्रमुख रेनु दाहालले पसीना बगाएर कमाएकोबाट भएको बचतमार्फत महानगरलाई सहयोग गर्नुभएको भन्दै धन्यवाद दिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा बद्री केसीले भैपरी आउने समस्याका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए।

एनआरएनएद्धारा चितवनमा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल बाहिर ११० बढी देशमा ८० लाख नेपालीहरु बसोवास गर्दै आइरहेको र ती सवैको अभिभावक एनआरएनए रहेको जानकारी दिँदै स्वदेशका हरेक ठाउँमा पुग्ने बताए। भरतपुर महानगरसँग पनि समन्वय सहकार्य गर्दै अघि बढ्न आफूहरु तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व परिषदको उप–महासचिव ओम गुरुङले महानगरमा भएको विकासबारे प्रसंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

एनआरएनएद्धारा चितवनमा स्वास्थ्य सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले देशमा आपतविपत पर्दा गैरआवासीय नेपाली संघ सधैँ सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका १५ वटा वडाका वडाअध्यक्षहरु लगायत एनआरएनए पदाधिकारीहरुको उपस्थिती थियो ।