एनआरएनए अध्यक्ष कुँवरद्धारा दुई पदाधिकारीसहित १४ जना सल्लाहकार मनोनीत, प्रवक्तामा धमला

news-details

विनोद कुँवर नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघको बैठकले रिक्त दुई पदाधिकारी र प्रवक्ता पदमा मनोनीत गरेको छ । अध्यक्ष कुँवरले एक विज्ञप्ति जारी गर्दै दुई सचिवसहित प्रवक्ता पदमा मनोनीत गरिएको जनाइएको हो ।

सोमबार बसेको बैठकले सचिवमा कृष्ण संजेल (केसी), अमेरिका, धर्म राज खतिवडा (अष्ट्रिया) र प्रवक्तामा प्रकाश धमला (दक्षिण कोरिया) लाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बैठकले १४ जनालाई सल्लाहकारमा मनोनीत गर्ने निर्णय गरेको छ ।

बैठकले सल्लाहकारमा सोनाम लामा (अमेरिका), डा गणेश गुरुङ (नेपाल), रञ्जु वाग्ले (अष्ट्रेलिया), पुरु श्रेष्ठ (अमेरिका), पासाङ लामा (अमेरिका), डम्बर घले (बेलायत), यमकुमार गुरुङ (त्रिलोक) हङकङ, योगकुमार फगामी (बेलायत), श्याम तामाङ (नेपाल), गंगाराज राई (दक्षीण कोरिया), राज श्रेष्ठ (दक्षीण कोरिया), एसी शेर्पा (अमेरिका), योगेन क्षेत्री (बेलायत), अरुण श्रेष्ठ (जापान) र धरम केसी (साउदी अरब)लाई मनोनीत गर्ने निर्णय गरेको महासचिव जानकी गुरुङद्धारा जारी विज्ञप्तिमा भनीएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *