एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्धारा पूर्वप्रधानमन्त्रीद्धय ओली र खनालसँग भेटघाट

एनआरएनका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू
news-details

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा. बद्री केसीसहितको नवनिर्वाचित कार्यसमितिको टोलीले ओली निवास बालकोट पुगेर भेटघाट गरेका हुन ।

भेटघाटको क्रममा संघको टोलीले नागरिकता, वैदेशिक रोजगारीका समस्या र एनआरएन फण्डलगायतका विषयमा ध्यानर्कषण गराउदै ५ बुँदा समेटिएको ज्ञापनपत्र समेत बुझाएको छ ।

संघले बुझा्एको ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो छिटो पारित गरिदिन, कम्तिमा १० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड संचालनमा भएका बाधा अड्चन फुकाई सहजीकरण गरिदिन, वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिन, एक सय रुमको आधुनिक सुविधा सम्पन्न वृद्धाश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिन र वैदेशिक रोजगार सामाजीक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिन माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोभिडको समयमा खेलेको भुमिकाप्रति प्रशंसा गरे । उनले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक आफ्नै पाला देखिनै संसदीय प्रक्रियामा रहेको बताउँदै अहिले ढिला भए पनि यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिए ।

यसैबीच संघका नवनिर्वाचित पदाधिकारीले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल लगायत समाजवादी पार्टीका नेतासंग पनि भेटघाट गरेका छन् ।

उक्त भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादीले गैरआवासिय नेपाली संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिएका थिए ।

पूर्व प्रधानमन्त्री खनालसँग पनि संघको टोलीले नागरिकता, वैदेशिक रोजगारीका समस्या र एनआरएन फण्डलगायतका विषयमा ध्यानर्कषण गराएको थियो ।

गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा र नेपाल बाहिर गरेका गतिविधीप्रति प्रशंसा गर्दै खनालले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै यथाशिघ्र यसलाई टुंगो लगाइने आश्वासन दिएका थिए ।

एनआरएनका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु मागहरु कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गरे ।

गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री बडूले समुन्नत नेपाल निर्माणको अभियानमा गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

संघका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, तीन पुस्तापछिको एनआरएनलाई पनि गैरआवासीय नेपाली नागरिकताबाट बन्चित नगराउने गरि संविधान संशोधनका लागि राजनीतिक सहमति र दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैरआवासीय नेपालीहरुका लागि परिचयपत्रको माध्यमबाट सम्पत्ति लगायतका अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐन २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि आग्रह गरेका थिए ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *