लगानीको लागि सहज वातावरण बनाउन अर्थमन्त्री शर्मालाई एनआरएनएको आग्रह

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीको लागि सहज वातावरण बनाउन आग्रह गरेको छ ।

एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो ।

भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए ।

यस्तै विदेशीले ५ करोड भन्दा कम लगानी गर्न नपाउने व्यवस्था रहेकाले गैरआवासीय नेपालीहरुले साना लगानी गर्न चाहेकोले साना लगानीलाई पनि प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए ।

सो क्रममा अर्थमन्त्री शर्माले एफडीआई सहजताका लागि आफू लागिपरेको बताएका थिए । उनले विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई भित्र्याउन पनि एनआरएनएलाई आग्रह गरे ।

भेटका क्रममा अध्यक्ष कुँवरसहित जानकी गुरुङ, भुमा लिम्बु, जुनु गुरुङ, उमेश कुमार पुडासैनीलगायतको सहभागिता रहेको थियो ।

गत मार्च २२ देखि २४ सम्म काठमाडौंको याक एण्ड यति होटेलमा घले समूहद्धारा आयोजित संघको दशौं महाधिवेशनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

यद्यपी संस्थापन पक्षले भने मार्च २६ देखि २७ सम्म दशौ अधिवेशन गरेर कुल आचार्य, रविना थापा र डा बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ ।

घले समूहले संघको आधिकारिक कार्यसमिति दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ भने संस्थापन पक्षले पनि संशोधित विधान पारित गरेर परराष्ट्रमा प्रमाणिकरणका लागि दर्ता गराएको छ ।

अनाथालयलाई खाद्यान्न सहयोग

यसैबीच संघले काठमाडौंमा रहेको अनाथालयलाई खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।

संघका अध्यक्ष विनोद कुँवरसहितको पदाधिकारीहरुको टोलीले काठमाडौ महानगरपालिका टोखामा रहेको पवित्र सेवा आश्रममा पुगी आश्रमकी संचालक दिक्षा चापागाईलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

अनाथ बालबालिकाहरुलाई आश्रय तथा शिक्षा प्रदान गर्दै आइरहेको आश्रमलाई आवश्यक दाल, चामल, तेल, नुन, आलु, पानीलगायतका सामाग्री सहयोग स्वरुप प्रदान गरिएको अध्यक्ष कुँवरले बताए ।

यस्तै खानेपानीको समस्या नहोस भनेर १ वर्षसम्म दैनिक १० जार पानीको व्यवस्था गरिएको अध्यक्ष कुवँरले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *