एनआरएनएको आधिकारिकता दावी गदै घले समूह पुग्यो परराष्ट्र मन्त्रालयमा 

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिक समूह आफु भएको दावी गर्दै डा शेष घले पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ ।

गत मार्च २२ देखि २४ सम्म काठमाडौंको याक एण्ड यति होटेलमा आयोजित संघको दशौं महाधिवेशनले चयन गरेको विनोद कुँवर नेतृत्वको कार्यसमिति नै संघको आधिकारिक कार्यसमिति भएको भन्दै घले समूहले आधिकारिकता दावीसहित मन्त्रालयमा निवेदन पेश गरेको हो ।

निवेदनमा संशोधित गैरआवासीय नेपाली संघको विधानको स्वीकृति तथा प्रमाणीकरण गरिपाउँ भनी माग गरिएको छ । निवेदनसहित संशोधीत विधान दुई प्रति, संशोेधित विधानको तिन महले दुई प्रति र १० औं अन्तराष्ट्रिय महाधिवेशनबाट पारित निर्णय पनि पेश गरिएको छ ।

‘गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को केहि ब्यवस्थालाई संशोधन गर्ने गरि निर्णय पारित भएको हुँदा उक्त निर्णयलाई अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति २०७८–१२–१२ को बैठकबाट सम्बोधन गरि विधानको दफा २९ बमोजीम विधानको संशोधीत ब्यवस्थाहरु त्यहाँ मन्त्रालयबाट स्वीकृति तथा प्रमाणीकरण गर्न हार्दिक अनुरोध गर्दछु’, विनोद कुँवरको हस्ताक्षरित निवेदनमा भनीएको छ ।

यता संस्थापन पक्षको शनिबारदेखि सुरु भएको १० औं सम्मेलन आज आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुदैछ । संस्थापन पक्षबाट बद्री केसी, कुल आचार्य र रविना केसी चक्रिय प्रणाली अनुसार अध्यक्ष बन्दैछन् ।

त्यसका लागि संस्थापन समूहलेसमेत आजै परराष्ट्रमा बहुअध्यक्षात्मक प्रणालीको विधान संशोधन प्रस्ताव पारित गर्दै प्रमाणिकरणका लागि पत्र बुझाएको छ । घले समूहले संस्थापन पक्षले पत्र बुझाउनु अघि नै आधिकारिकता दावि गर्दै निवेदन दिएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *