एनआरएनको योगदानलाई राष्ट्रले महत्वका साथ हेरेको छ : राष्ट्रपति भण्डारी

पूर्वअध्यक्ष भट्टद्धारा १ करोड रुपैया राशीको ‘भवन कृतिरत्न पुरस्कार’ घोषणा
news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को योगदानलाई राष्ट्रले महत्वका साथ हेरेको बताएकी छिन । आज संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन ।

नेपाल तथा नेपालीलाई समस्या पर्दा एनआरएनले खेलेको भूमिकाको प्रशंशा गर्दै राष्ट्रपति भण्डारीले एनआरएनको उचित माग र चाहनालाई नेपाल सरकारले सुनुवाइ गर्ने बताएकी छिन ।

उनले एनआरएनले विश्वभर सांस्कृतिक दूतको भूमिका खेलेको भन्दै एनआरएन नागरिकता सम्वन्धि कानुन छिटो भन्दा छिटो लागू हुने बताइन । सो अवसरमा राष्ट्रपति भण्डारीले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पूँजि नेपालमा लगानी गर्न आग्रह गरेकी छिन ।

संघका सस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा राजनीतिक दलले हस्तक्षेप नगरिदिन आग्रह गर्दै अझै संघको अभियान नसकिएको र धेरै काम गर्न बाकी नै रहेको बताए । समृद्ध नेपाल बनाउने सपना पुरा नभएसम्म आफुहरुको अभियान कहिल्यै नरोकिने भन्दै उनले नागरिकता ऐन चाडो लागू गर्न आग्रह गरे ।

गृहमन्त्री बालकृष्ण खाडले विश्वभर छरिएर रहेका नेपालीको समस्या समाधान र आवश्यक सहयोगका लागि सरकार सधैव साथमा रहेको बताउदै सरकारले पनि एनआरएनबाट साथ–सहयोगको अपेक्षा गरेको बताए ।

उनले एनआरएनले नेपालको उद्योगधन्दा तथा व्यापार व्यवसायमा पु¥याएको टेवा र लगानी भित्र्याउने काम गरेकोमा त्यसमा सरकारको साथ र समर्थन रहने बताए । एनआरएनहरुको सम्पत्ति र व्यवसायको सुरक्षाको लागि पनि सरकार गम्भिर रहने बताउदै उनले यसका लागि आवश्यक कानुनी संशोधनहरु गरिने बताए ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ज्ञान, सीप र पूजिलाई नेपालको दिगो विकासमा प्रयोग गर्न एनआरएनहरु क्रियाशिल भएको बताउदै स्वदेशको समृद्धिमा यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा यो सम्मेलन केन्द्रित हुनेमा आफु विश्वस्त रहेको बताए ।

कोभिडपछि नेपालको अर्थतन्त्र विस्तारै उठन थालेको भन्दै अध्यक्ष गोल्छाले मुलुकभित्र बाह्रय सहायता, लगानी र बिप्रेषण बढाउन आर्थिक कुटनीति ससक्त बनाउनुपर्ने र यसमा एनआरएनहरुको सहयोग अपरिहार्य रहेकोे बताए । कोभिड पश्चात विश्व अर्थव्यवस्थामा आउने आमूल परिवर्तनलाई आत्मसात गर्दै मुलुकलाई सोही अनुसार अगाडि बढाउन सरकार, नीजि क्षेत्र र गैरआवासीय नेपालीबीचको सहकार्य जरुरी रहेको उनको भनाई छ ।

संसारभर छरिएर रहेका नेपालीलाई भावनात्मकरुपमा जोडेर मातृभूमि नेपालको समुन्नतमा हातेमालो गर्ने उद्देश्यले स्थापना भएको संघले यसबीचमा अभूतपूर्व फडको मारेको पूर्वअध्यक्ष जिवा लामिछानेले बताए ।

गैरआवासीय नेपाली अभियानको विस्तारसँगै संख्यात्मक र गुणात्मकताका साथै नेपालसँग जोडिनेहरु पनि बढदै गएको यर्थाथता पोख्दै पूर्वअध्यक्ष लामिछानेले साना–ठुला आर्थिक तथा बौद्धिक क्षेत्रमा गरेर गैरआवासीय नेपालीहरुको लगानी नेपालभर फैलिइसकेको बताए ।

परिवारदेखि समूदायसम्म, परोपकारदेखि नाफामूलक परियोजनासम्म क्ष्मता अनुसारको व्यक्तिगत तथा सामूहिक लगानीले गैरआवासीय नेपालीको उपस्थिती अब नेपालको हरेक क्षेत्रमा फैलिसकेको पूर्वअध्यक्ष लामिछानेले बताए ।

यस्तै संघका संस्थापक तथा अगुवा रामप्रताप थापाले विदेशमा रहेका नेपालीहरुलाई नेपाल आउदा भिसाको समस्या भएको हुदा भिसा नचाहिने व्यवस्था गर्न सरकारलाई आग्रह गरे । उनले संघको पछिल्लो घटनाक्रमले संसारभर रहेका नेपालीहरुलाई खल्लो महसुस गराएको भन्दै आगामी दिनमा यस्तो महसुस हुन नदिने गरी संस्था अघि बढाउनुपर्नेमा जोड पनि दिए ।

पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए संसारभर रहेका नेपालीको साझा संस्थाका साथै सबैलाई एकैठाँउमा जुटन, भेला हुन र नयाँ काम गर्न प्रेरित गर्ने प्लेटफर्म भएको बताए । नेपालले माया गरेको र आर्दश मानेको संस्था भएकोले आगामी दिनमा यसलाई यही पहिचानका साथ अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

सोही अवसरमा संघका पूर्वअध्यक्ष भट्टले १ करोड रुपैया राशीको ‘भवन कृतिरत्न पुरस्कार’ घोषणा गरेका छन । यस वर्ष उक्त पुरस्कार महाविर पुन तथा राष्ट्रिय आविश्कार केन्द्रलाई दिने भट्टले घोषणा गरे । एनआरएनए र विवि फाउण्डेशनले सयुक्तरुपमा हरेक २ वर्षमा दिने उक्त पुरस्कार नेपाल वा मानव इतिहास परिवर्तनमा योगदान पु¥याउने संस्था तथा व्यक्तिलाई दिइने भट्टले बताए ।

शनिबारबाट ललितपुरको होटल हिमालयमा सुरु भएको संघको १० औ सम्मेलन तथा महाधिवेशन आइतबार साझ प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *