एनआरएनए घले समुहको अध्यक्षमा कोरियाका बिनोद कुँवर निर्विरोध चयन

news-details

एनआरएनए शेष घले समुहले आयोजना गरेको दशौं महाधिवेशनबाट २०२१-२०२३ कार्यकालका लागि दक्षिण कोरियाका बिनोद कुँवर निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

बुधबार अबेर सम्पन्न महाधिवेशनले अध्यक्षमा कुँवरसहित उपाध्यक्षमा उमेश पुडासैनी (कुवेत), थर्क सेन (बेलायत), बाबु राम लामा (अमेरिका), सुरेन्द्र सिग्देल (अष्ट्रेलिया) र महिला उपाध्यक्षमा भोमा लिम्बु (अष्ट्रेलिया), महासचिवमा जानकी गुरुङ (बेल्जियम), सचिवमा जुनु गुरुङ (कोरिया), कोषाध्यक्षमा डिला राम खरेल (अष्ट्रेलिया) चयन गरेको छ ।

यस्तै ओसियाना क्षेत्रीय संयोजकमा केशब कडेल (अष्ट्रेलिया), अमेरिकाज क्षेत्रीय संयोजकमा कृष्ण पोख्रेल (अमेरिका) र युरोप क्षेत्रीय संयोजकमा उल्का घिमिरे (बेल्जियम) चयन भए ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुँवरले परिस्थितीले आफु अध्यक्ष बनेपनि सहमति र अग्रजहरुको सुझाव अनुसार आफु अगाडि बढ्ने बताएका छन । उनले आफू कुनै गुटको नभइ विधान अनुसार अध्यक्ष भएकाले सबैले यसलाई स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताए ।

‘विधानले दिएको म्यान्डेट अनुसार नै महाधिवेशन आयोजना गरिको हो, कुनै व्यक्तिले नभइ मलाई महाधिवेशनले अध्यक्ष चयन गरेको हो’ कुँवरले भने, ‘गुट उपगुट भन्ने कुरा कसैले गर्नै मिल्दैन, मैले नेतृत्व पाए भन्दैमा म आफूखुसी चल्दिन अग्रजहरूसँग सल्लाह गरेर नै अघि बढ्छु ।’

यद्यपी एनआरएनए संस्थापन पक्षले भने यसलाई वैधानिकता दिएको छैन र सहमतिको प्रयास अझै जारी रहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *